ललितपुरको ज्वागलमा अहिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को देश विकास पार्टीको कार्यालय बन्दैछ। केही दिनदेखि बालेन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिने चर्चा चले पनि हालसम्म सार्थक सहमति जुट्न सकेको छैन।
यदि रास्वपासँग कुरा नमिले यही घर बालेनको देश विकास पार्टीको कार्यालय हुनेछ। बाहिरी संरचना बनिरहेको उक्त घरको भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि थालिएको छ।
केहि दिनदेखि बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट छलफल गरिरहेका छन्।




्








