२०८३ कार्तिक १२ गते बुधबार

चीनले सन् २०२६ मा केही सामान आयातमा कर कम गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
china

बेइजिङ,सिन्ह्वा। चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा निकट सहयोगी राष्ट्रको लागि तोकिएका दरभन्दा कम अस्थायी आयात शुल्क दरहरू लागू गर्ने घोषणा गरेको छ।

“यस कदमको उद्देश्य घरेलु र अन्तरर्राष्ट्रिय बजार बीचको तालमेल बढाउनु र उच्च गुणस्तरका सामानको आपूर्ति विस्तार गर्दा दुवै पक्षको स्रोतलाई सुधारिएको तरिकाले उपयोग गर्नु हो,” चिनियाँ राज्य परिषद् भन्सार शुल्क आयोगको निर्देशनमा उल्लेख छ।

निर्देशनमा भनिएको छ, “चीनले उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई सहयोग पुर्याउन र मानवीय कल्याणका लागि केही प्रमुख उत्पादन र उन्नत सामग्री, हरित विकासलाई सहजीकरण गर्न निश्चित स्रोत र कृत्रिम रक्तनलीहरूसहित केही चिकित्सा उत्पादनहरूमा कर घटाउनेछ।”

चीनले अर्को वर्ष कर शीर्षक र राष्ट्रिय उपशीर्षकहरूमा पनि सु्धार गर्नेछ। प्राविधिक प्रगति र अर्थतन्त्रजस्ता क्षेत्रहरूको विकासलाई टोवा पुर्याउन चीनले ‘इन्टेलिजेन्ट बायोनिक रोबोट’ र ‘बायो–एभिएसन इन्धन’ लगायतका उत्पादनहरूको लागि राष्ट्रिय उपशीर्षकहरू थप्नेछ।

२४ स्वतन्त्र व्यापार सम्झौताहरू र माथि उल्लिखित व्यापार साझेदारहरूसँग हस्ताक्षर गरिएको अग्राधिकार व्यापार व्यवस्था अनुसार आर्थिक र व्यापार सहयोगलाई गहिरो बनाउन र क्षेत्रीय एकीकरणलाई बढावा दिन चीनले सन् २०२६ मा आफ्ना ३४ व्यापारिक साझेदारहरूबाट उत्पन्न हुने केही आयातित वस्तुहरूमा सहमत कर दरहरू लागू गर्नेछ।

अर्को वर्ष चीनसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका ४३ अल्पविकसित मुलुकका लागि शतप्रतिशत कर छुटको मार्गमा चीनले शून्य कर नीतिको व्यवहार गर्नेछ।

प्रकाशित: २०८२ पुस १५ गते मङ्गलबार ०८:२६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना