२०८३ कार्तिक १२ गते बुधबार

क्रिकेट अम्पायर कसरी बन्ने? यो पेसामा कति हुन्छ कमाइ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १७
यस वर्ष आयोजित महिला विश्वकपको एक खेलको क्रममा अम्पायर सु रेडफर्न
यस वर्ष आयोजित महिला विश्वकपको एक खेलको क्रममा अम्पायर सु रेडफर्न

क्रिकेटमा जति महत्त्वपूर्ण खेलाडी हुन्छन्, त्यति नै अहम भूमिका मैदानमा उभिएका ती दुई व्यक्तिको हुन्छ, जसको कुनै टिमसँग सम्बन्ध हुँदैन, तर उनीहरू बिना कुनै म्याच खेलिँदैन। उनीहरूको एउटा सही वा गलत निर्णयले खेलको दिशा नै बदल्न सक्छ। हामी कुरा गर्दैछौँ क्रिकेट अम्पायरको।

तर अम्पायर बन्न सजिलो छैन। यो केवल नियमहरू याद राख्ने काम मात्रै पनि होइन। अम्पायर बन्नुपछाडि धेरै वर्षको मिहिनेत, तालिम, गल्तीहरूबाट सिकेको पाठ र अनुभव लुकेको हुन्छ। अब अर्को महत्त्वपूर्ण प्रश्न आउँछ—अम्पायर कसरी बन्ने त? के यसका लागि क्रिकेट खेलाडी हुनु अनिवार्य छ? वा अन्य कुनै उपाय पनि छ? यसमा कमाइ कति हुन्छ? करियरको विकास कसरी हुन्छ?

यस लेखमा हामीले प्रख्यात अम्पायरहरूबाट यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेका छौँ।

के अम्पायर बन्न विशेष पढाइ चाहिन्छ? जवाफ हो—’चाहिँदैन’। तपाईंले जुनसुकै संकायबाट पढेको भए पनि हुन्छ, मात्र क्रिकेटका नियमहरूमा तपाईंको रुचि हुनुपर्छ। साथै, यस पेसामा मैदानमा धेरै घण्टा उभिनुपर्ने हुनाले शारीरिक रूपमा तन्दुरुस्त हुनु पनि जरुरी छ। भारतीय बीसीसीआई र आईसीसी प्यानलमा अम्पायर रहिसकेका एसके बन्सल बताउँछन्– अम्पायर बन्न क्रिकेटको जानकारी मात्र भए पुग्छ। बन्सल तिनै हुन् जसले मार्च २००१ मा कोलकाताको इडेन गार्डेनमा खेलिएको ऐतिहासिक टेस्ट म्याचमा अम्पायरिङ गरेका थिए। यस खेलमा अस्ट्रेलियाविरुद्ध खेलिरहेको भारतीय टोलीले फलो-अन खेलेर पनि कंगारु टोलीलाई हराएर इतिहास रचेको थियो। यस खेलमा भीभीएस लक्ष्मणको २८१ रन र राहुल द्रविडको १८० रनको पारी आज पनि एउटा कोशेढुङ्गाको रूपमा छ।

उनी भन्छन्, ‘यदि कोही क्रिकेट खेलिरहेको छ भने उसले अम्पायरिङमा राम्रो गर्न सक्छ। तर जसले क्रिकेट कत्ति पनि खेलेको छैन र अम्पायरिङको क्षेत्रमा आउँछु भनी सोच्छ भने त्यो कठिन काम हुन सक्छ।’ विज्ञहरूका अनुसार अम्पायर बन्नका लागि राम्रो सञ्चार कला  र अङ्ग्रेजीको ज्ञान आवश्यक छ। किनभने क्रिकेटको साझा भाषा अङ्ग्रेजी हो। अन्तर्राष्ट्रिय खेलहरूमा विभिन्न देशका खेलाडीहरूसँग संवाद गर्न यही भाषा माध्यम बन्छ।

उमेर हद
अम्पायर बन्ने परीक्षा दिनका लागि उमेर कम्तीमा १८ वर्ष र बढीमा ४० वर्ष हुनुपर्छ। यदि तपाईंको उमेर १८ देखि ४० वर्षको बीचमा छ भने आफ्नो राज्यको क्रिकेट संघमा दर्ता गराउनुहोस्। प्रख्यात अम्पायर अनिल चौधरीका अनुसार दर्ता प्रक्रियाका लागि कुनै विशेष शैक्षिक योग्यता तोकिएको छैन। १२ कक्षा उत्तीर्ण व्यक्ति पनि अम्पायर बन्न सक्छ। सुरुमा राज्य संघका खेलकुद अधिकारी वा अम्पायरिङ इन्चार्जलाई भेटेर आफ्नो रुचिको बारेमा बताउनुपर्छ र त्यहाँबाट सुरुवात गर्नुपर्छ। सुरुमा कुनै परीक्षा दिनु पर्दैन।

उनले भने, ‘उनीहरूले तपाईंलाई अगाडिको फारम भर्न लगाउनेछन्, उनीहरूको लिग खेलहरूमा अम्पायरिङको मौका मिल्यो भने पक्कै गर्नुहोस्। तपाईंको यात्रा राज्य निकायबाटै सुरु हुन्छ।’ अनिल चौधरीले बताए अनुसार अम्पायरिङ सुरु गर्न कुनै परीक्षा हुँदैन, तर जब राज्य संघले प्यानल बनाउँछ, तब उनीहरूले आफैँ परीक्षा लिएर छनोट गर्छन्। ‘बीसीसीआईसँग जोडिनका लागि पहिले स्थानीय खेलहरूमा अनुभव लिनु जरुरी छ। त्यसपछि राज्य संघले सिफारिस गरेका नामहरूले बीसीसीआईको परीक्षा दिनुपर्छ। पहिले लेभल १ र लेभल २ को परीक्षा हुन्थ्यो, तर अब एउटै मात्र परीक्षा हुन्छ।’

काम कसरी पाइन्छ?
जब क्रिकेट संघले अम्पायरको परीक्षा लिन्छ, त्यसको जानकारी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट दिइन्छ। परीक्षामा पहिले थ्योरी (लिखित), त्यसपछि प्राक्टिकल (प्रयोगात्मक) र अन्त्यमा भाइभा (मौखिक अन्तर्वार्ता) हुन्छ। तीनै परीक्षामा गरी ९० प्रतिशत अंक ल्याउनेहरू मात्र अगाडि बढ्न सक्छन्। बीसीसीआईको परीक्षा पास गरेपछि सुरुमा जुनियर लेभलका खेलहरू (अन्डर-१५, अन्डर-१९) पाइन्छ। प्रदर्शन राम्रो हुँदै गएपछि दलिप ट्रफी, रणजी ट्रफी र टी-२० जस्ता सिनियर खेलहरूमा मौका मिल्छ। यो यात्रा करिब ५-६ वर्षको हुन्छ।

त्यसपछि उत्कृष्ट अम्पायरहरूले आईपीएल र अन्तर्राष्ट्रिय खेलहरूमा अम्पायरिङ गर्न पाउँछन्।

आईसीसीमा कसरी स्थान बनाइन्छ? आईसीसीले विश्वभरका उत्कृष्ट अम्पायरहरूको एउटा ‘एलिट प्यानल’ बनाएको छ। विश्वकप वा ठूला आईसीसी प्रतियोगिताहरूमा अम्पायरिङ गर्ने जिम्मा यही प्यानलको हुन्छ। एसके बन्सलका अनुसार एलीट प्यानलको अर्थ ‘असाधारण अम्पायरिङ’ हो, जहाँ गल्तीको गुञ्जायस शून्य बराबर हुन्छ।

कुन विषयको अध्ययन गर्ने?
अम्पायर बन्न कुनै डिग्री नचाहिए पनि अध्ययन सामग्री आवश्यक हुन्छ। पहिलो हो– एमसीसी ल बुक, यो क्रिकेटको नियमको मूल पुस्तक हो। दोस्रो– टम स्मिथ क्रिकेट अम्पायरिङ एण्ड स्कोरिङ, नियमको अवधारणा बुझ्न यो पुस्तक उपयोगी हुन्छ। तेस्रो– बीसीसीआई प्लेइङ कन्डिसन्स, परीक्षा बीसीसीआईको नियमहरूमा आधारित हुने हुँदा यो पढ्नु जरुरी छ।

शारीरिक तन्दुरुस्ती
मैदानमा ७-८ घण्टा उभिन र छिटो भइरहने खेलमा ध्यान केन्द्रित गर्न शारीरिक र मानसिक फिटनेस अनिवार्य छ। आँखाको ज्योति चश्मा लगाएर पनि स्पष्ट हुनुपर्छ। यदि अम्पायर फिट छैन भने उसले आफूलाई बलबाट बचाउन र सही निर्णय लिन सक्दैन।

कमाइ कति हुन्छ?
अम्पायरिङमा पैसा र सुविधा दुवै निकै राम्रो छ। फाइभ स्टार होटलमा बसाइ, हवाई यात्रा र अन्य भत्ताहरू। बीसीसीआईले घरेलु क्रिकेटमा दिने सुविधा धेरै देशका अन्तर्राष्ट्रिय अम्पायरले पाउने भन्दा राम्रो हुन्छ।

भारतमा स्थानीय क्लब म्याचमा दैनिक करिब ३ हजार भारु पाइन्छ। बीसीसीआईको खेलमा अम्पायरिङ गर्दा प्रतिदिन ४० हजार भारु पाइन्छ। यदि ५ दिनको खेल २ दिनमै सकियो भने पनि पूरै ५ दिनकै पैसा पाइन्छ। अम्पायरहरूले वर्षमा करिब ४० देखि ७० दिनसम्म काम पाउँछन्। अम्पायरको अवकाशको उमेर ६५ वर्ष हो, तर धेरैजसो ६० वर्षमै अवकाश लिन्छन्। अवकाशपछि भने बीसीसीआईबाट कुनै थप सुविधा वा पेन्सन उपलब्ध हुँदैन।– (बीबीसी हिन्दीबाट साभार)

प्रकाशित: २०८२ पुस १७ गते बिहिबार १२:२६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना