२०८३ कार्तिक २४ गते सोमबार

फर्केर हेर्दा २०२५: निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १७
photo-3_db2dbf6f

काठमाडौँ: कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खरभर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरूले बताउँदै आएका छन्। जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।

उनका अनुसार यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उठाउन सरकारको भूमिका निर्णायक हुने गर्दछ। त्यसकारण सरकारले यस विषयमा सोच्नुपर्ने उनले बताए। निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनसम्बन्धी विषय मन्त्रिपरिषद्‌बाट कार्यान्वयनको चरणमा पुगे पनि लगानीमैत्री वातावरण अझै सुनिश्चित हुन नसकेको उनको भनाइ छ।

सन् २०२५ को सुरुवातमा सरकारले आर्थिक सुधार र लगानी प्रवर्द्धनका लागि विभिन्न ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो। साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयन गर्न कार्ययोजना सार्वजनिक गरिँदा निजी क्षेत्र लगानीप्रति उत्साहित देखिएको थियो। तर, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथिती विरुद्ध ७७ जनाको ज्यान जानेगरी सेप्टेम्बर ८ र ९ मा जेनजी उमेर समूहले गरेको देशव्यापी आन्दोलनले विध्वंसको रुप लियो। जसका कारण ऐतिहासिक सरकारी तथा व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोड र आगजनी हुँदा ८४ अर्ब रुपैयाँ भन्दा बढीको क्षति हुन पुग्यो।

जेनजी आन्दोलनको करिब तीन महिनापछि राष्ट्रिय योजना आयोगले क्षतिको विवरण प्रस्तुत गर्दै सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबर क्षति भएको र निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर क्षति भएको तथ्य सावर्जनिक गरेको थियो। सरकारी नीतिका कारण उत्साहित उद्योगी व्यवसायीहरूको मनोबल आन्दोलनको प्रभावका कारण कमजोर भएको छ।

देशको आर्थिक वृद्धिदर अपेक्षाअनुसार नबढ्दा उद्योग, व्यापार र सेवाक्षेत्र प्रभावित भएका छन्। उत्पादनमूलक उद्योगहरू क्षमताभन्दा कम सञ्चालनमा छन् भने नयाँ लगानी निर्णयहरू स्थगित वा रद्द हुने क्रम बढ्दो छ। बैंक तथा वित्तीय संस्थामा तरलता सहज देखिए पनि कर्जाको माग न्यून रहनु निजी क्षेत्रको आत्मविश्वास घटेको संकेतका रूपमा लिइएको छ।

नीतिगत अस्थिरता
व्यवसायीहरूका अनुसार नीतिगत स्थिरता नहुनु निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। कर नीति, आयात–निर्यात व्यवस्था, श्रम ऐन र उद्योगसम्बन्धी नियमहरू पटक–पटक परिवर्तन हुँदा दीर्घकालीन योजना बनाउन कठिन भएको उनीहरूको गुनासो छ। ‘नीति बनेपनि कार्यान्वयन हुँदैन, कार्यान्वयन भए पनि बीचमै परिवर्तन हुन्छ,’ एक उद्योगीले भने, ‘यस्तो अवस्थामा जोखिम मोलेर लगानी गर्ने वातावरण रहँदैन।’

सरकारी खर्च अपेक्षित रूपमा नबढ्दा बजारमा माग सिर्जना हुन नसकेको निजी क्षेत्रको धारणा छ। पुँजीगत खर्चको न्यून कार्यान्वयनले निर्माण, आपूर्ति र सेवा क्षेत्रमा प्रत्यक्ष असर पारेको छ। यसले रोजगारी सिर्जना र आम्दानी वृद्धिमा समेत नकारात्मक प्रभाव पारेको अर्थविद्हरू बताउँछन्।

यतिबेला बैंक तथा वित्तीय संस्थामा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता भए पनि लगानी हुन नसक्नु अर्थतन्त्रको गम्भीर समस्या भएको अर्थविद केशव आचार्यले बताए। उनका अनुसार निजी क्षेत्रले कर्जा लिएर काम गर्न सक्ने अवस्था बनेको भए आज यो तरलता बोझ बन्ने थिएन्। ‘मुलुकमा शान्ति र स्थायित्व कायम हुनु जरुरी छ। निजी क्षेत्रले डर र त्रासबिनै काम गर्न पाउने ग्यारेन्टी चाहिन्छ,’ उनले भने।

उनका अनुसार कानुनी शासनको प्रभावकारी कार्यान्वयन नहुँदा लगानीकर्ताको आत्मविश्वास खस्किएको छ। ‘दण्डहिनताको अवस्था रहिरहँदा कसरी लगानीको वातावरण बन्छ ?’ उनले प्रश्न गरे।

ग्रे–लिस्टको प्रभाव
सन् २०२५ मा नेपाललाई फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणमा कमजोरी देखिएको भन्दै खैरो सूचीमा राख्यो। जसले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा र अर्थतन्त्रमा नकारात्मक असर पर्न गयो। खैरो सूचीमा पर्दा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न कठिन हुने र लगानी लागत बढ्ने जोखिम रहन्छ। सरकारले नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्न दुई वर्षभित्र कार्यान्वयन गर्ने कार्ययोजना बनाएको छ र केही सुधारात्मक पहल सुरु गरिसकेको जनाएको छ।

यद्यपी, एफएटीएफका अनुसार नेपालले सन् २०२३ अगस्टमा गरेको प्रतिबद्धताअनुसार केही सुधार गरे पनि सबै मापदण्ड पूर्ण रूपमा पूरा गर्न अझै बाँकी रहेको छ।

बैंकिङ क्षेत्रमा आक्रमण
बैंकिङ क्षेत्रमा वर्षभरि ऋण नतिर्ने आन्दोलन प्रमुख संवेदनशील समस्या बनेको छ। संगठित रूपमा कर्जा नतिर्ने अभियान र बैंक कर्मचारीमाथि भएका आक्रमणले वित्तीय अनुशासन कमजोर बनाउँदै बैंकिङ क्षेत्रमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको छ। नेपाल बैंकर्स संघका अनुसार यस्तो गतिविधिले पारदर्शी बैंकिङ प्रणालीमाथि गम्भीर चुनौती थपेको छ।

यता, वर्षभरि बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि कर्जा प्रवाह भने कमजोर देखिएको छ। विप्रेषण उच्च भए पनि व्यापार, सरकारी खर्च र निजी लगानी सुस्त हुँदा न्यून ब्याजदर हुँदाहुँदै पनि कर्जा माग बढ्न सकेको छैन। यस अवस्थालाई सम्बोधन गर्न राष्ट्र बैंकले ऋणपत्र जारी गरी बजारबाट तरलता खिचिरहेको छ, जसलाई व्यवसायीहरूले लगानीमैत्री राजनीतिक वातावरणको अभावसँग जोडेर हेरेका छन्।

प्रकाशित: २०८२ पुस १७ गते बिहिबार ०४:२८
प्रतिक्रिया

थप समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना