२०८३ कार्तिक १३ गते बिहिबार

बिक्दैनन् फलफूलका बिरुवा

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ २८
Berna sareko

रेसुङ्गा – गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ। रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय छन्।

उनले भने, ‘बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन्।  तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा  नर्सरीमा बिरुवा खेर गइरहेका छन्।’ उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आउनुभएको छ।  विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन्। सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा बिक्री नभएपछि पिरलोमा छन्।

कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन्। बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन्।

छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए। तर बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ। ‘किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्’, उनले भने, ‘माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ।’ सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो।

कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन्। उनले सुन्तला  २३, कागती  २५, टिमुर  ६०, किबी  एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्छन्।

उनले विसं २०६४ मा  रु २० हजारबाट सुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ। विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन्। उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहनुभएको छ। यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन्। भाडामा लिएको जग्गाको वार्षिक रु १५ हजार भाडा उनले तिर्दै आउनुभएको छ। कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आएका छन्। नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ।

उनले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट एक लाख अनुदान लिएको नर्सरी सञ्चालक कार्कीले बताइन। ‘अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन’, उनले भनिन, ‘उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ।’ उनी मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुन। राजनीति र कृषि पेसामा सक्रिय उहाँ विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आउनुभएको छ। उनी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्जको जिम्मेवारीमा छिन्।

प्रकाशित: २०८० जेठ २८ गते आईतबार ११:४९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बाली घुम्न जाँदै हुनुहुन्छ? ई-भिसा अमान्य, स्टिकर भिसा अनिवार्य

काठमाडौँ- इन्डोनेसिया जाने नेपालीका लागि अब स्टिकर भिसा अनिवार्य भएको छ। बंगलादेशको ढाकास्थित नेपालसमेत हेर्ने इन्डोनेसियाली राजदूतावासले नेपालीका लागि स्टिकर भिसा अनिवार्य गरिएको जानकारी...

‘बर्खे तरकारी बेचेर झण्डै दुई लाख कमाई भएछ’

जानकी - बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ। प्रत्येक...

खडेरीले मकै खेतमै सुके

भरतपुर – खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका...

मनाङ रैथाने बालीमा आत्मनिर्भर

मनाङ - खेतीयोग्य भूमि साँघुरिँदै गएको छ। साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ। जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ। तर, हिमाली...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना