२०८३ कार्तिक ११ गते मङ्गलबार

फेवाफाँट सिमसार : कहीँ प्लटिङ, कहीँ पानीपोखरी!

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, जेठ २८
phewaphat (2)

पोखरा- पोखराको फेवातालको क्षेत्र अतिक्रमणमा परिरहेको छ। यो क्षेत्रमा तत्कालीन राजपरिवारदेखि हालका रैतिसम्मले अतिक्रमणको प्रयास गरिरहेका छन्। यसको संरक्षणको प्रयास पनि हुँदै आएको छ। तर बेलाबेलामा परिवर्तन भइरहने सरकारहरूका नीति र केही व्यक्तिको स्वार्थअनुसार काम हुँदा यहाँ सधैँ विवाद पनि भइरहेका छन्।

फेवातालको क्षेत्र मानिने बौदाममा धेरै चल्ने होटल, रेस्टुरेन्ट र बार मापदण्डविपरीत छन्। यति मात्र होइन, सरकारी संरचना पनि मापदण्ड विपरीत छन्।

पोखरा महानगरपालिकाको तत्कालीन मेयर मानबहादुर जिसीले ५५औं कार्यपालिका बैठकमा फेवातालको सीमासार क्षेत्रको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गराएका थिए। तर यो विषय विवादित बन्यो। सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएपछि तत्कालका लागि त्यसबेला विवाद साम्य भएको थियो।

यतिबेला फेरि फेवा संरक्षणको सवाल चुलिएको छ। पोखरा महानगरपालिका २३ र २४ मा पर्ने पामे ठाडो बाटोस्थित फेवातालको सिमसार क्षेत्रमा पुर्ने काम बन्द गर्न महानगरले निर्देशन दिएपछि स्थानीय र महानगरबीच विवाद सुरु भएको हो।

फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको पामेमा ५ सय रोपनी जग्गा पुर्नका लागि व्यवसायी युवराज खतिवडाले माटो ल्याएर थुपारेका छन्। माटो पुरिरहेका खतिवडाको टिप्पर र डोजर महानगरले नियन्त्रणमा लिएको छ।

यसअघि पोखरा महानगरपालिकाले कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो। सोहीअनुसार स्थानीयले जग्गा पुर्न लगाएका थिए। जग्गा पुर्ने काम भइरहेको थियो। तर महानगरले बीचमा नै नीति परिवर्तन गर्‍यो। अहिले पुर्ने काम रोक्ने निर्णय लिएको छ। यसले केही व्यक्तिको जग्गा प्लटिङ भएको छ भने केही व्यक्तिको जग्गा हिलाम्य छ।

वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल परेकाले आफूले पनि पुरेर खेती गर्न पाउनुपर्ने स्थानीय कुलप्रसाद तिमिल्सिनाले माग छ। ‘यो क्षेत्रमा पूरै हिलैहिलो हुन्छ, माटो भरेर मात्रै खेती गर्न सकिने अवस्था छ। नत्र यस्तो हिलोमा कसरी खेती गर्न मिल्छ?’ उनको प्रश्न छ।

सिमसार क्षेत्रमा एक जग्गा पुर्दा अर्को जग्गामा हिलो जम्ने समस्या सिर्जना हुन्छ। यसअघि नै जग्गा पुरेकाहरूले भने आफूहरूले पोखरा महानगरपालिकाको निर्णयअनुसार नै जग्गा पुरेको बताउने गरेका छन्। नपुरिएको भागको जग्गामा पानी जमेकाले अब नपुरीकन खेती गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ।

पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि फेवाफाँटका कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही व्यक्तिलाई पुर्न दिइएको थियो। उनीहरूले जग्गा पुरेपछि बाँकी जग्गा होचो भागमा परे।

स्थानीय कुलप्रसाद तिमिल्सिनाले आफूहरुले वर्षौँदेखि भोगचलन गर्दै आएको फेवाफाँटमा गत वर्षदेखि खेती गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन्। यही विषय लिएर महानगरमा जाँदा आफूहरुको जग्गा सिमसारमा पर्ने भएकाले माटो पुर्न नमिल्ने भनेर मेयर आचार्यले फर्काएको उनको भनाइ छ। ‘वर्षायाम सुरु हुन लाग्यो। अब हाम्रो जग्गा डुबानमा पर्छ। त्यसैले अब हामीले पोखरीमा धान रोप्न सक्दैनौँ। बरु महानगरविरुद्ध आन्दोलन गर्छौँ,’ तिमिल्सिनाले भने।

फेवाफाँटमा यसअघि गरिएको प्लटिङका कारण दुई दर्जन स्थानीयको जग्गा डुबानमा परेको छ। प्लटिङ गरेको उचाइ बराबर माटोले पुरेर खेती गर्न पाउनुपर्ने उनीहरूको भनाइ छ।

स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटकपटक महानगरमा गुनासो गर्न पुगेको भएतापनि महानगरले एउटै मात्र जवाफ दिने गरेको बताइन्। प्रत्येक पटक महानगरमा पुग्दा आफूहरुको जग्गालाई सिमसार भएकै कारण माटोले पुर्न नपाउने जवाफ महानगरबाट पाउने गरेको तिमिल्सिनाले बताइन्। महानगरले एउटै कित्ताको जग्गामा कोहीलाई काखा र कोहीलाई पाखा गर्ने गरी निर्णय गर्नु गलत भएको बताउदै तिमिल्सिना भन्छिन्, ‘सँगैको सँधियारले जग्गा पुरेर प्लटिङ गर्न पाउने। हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने? यो कस्तो नियम हो?’

फेवाफाँटकै स्थानीय देवीलाल लामिछानेले महानगरले स्टन्ट गरेको आरोप लगाए। पुस्तौँदेखि भोगचलन गर्दै आएको प्राकृतिक जग्गालाई खेतीको रुपमा उपभोग गर्दै आइरहँदा केही व्यक्तिको स्वार्थअनुसार प्लटिङ गर्न दिएर आफूहरूलाई भने खेती गर्नसमेत नदिएको उनको भनाइ छ।

एकैठाउँका जग्गामा महानगरले फरकफरक नीति लागू गरेका कारण आफूहरूलाई फेवाताल पुर्ने मतियारको रूपमा चिनाउने प्रयत्न गरिएको उनको आरोप छ। आफूहरु फेवा संरक्षणमै लागिरहेको तर प्लटिङ र बाँकी रहेका जग्गालाई एकै रुपमा हेर्नुपर्ने उनको भनाइ छ।

महानगरले आफूहरूलाई ज्यादति गर्न थालेको व्यवसायी युवराज खतिवडाको आरोप छ। ‘माटो हालेर सम्याइदिन जग्गाधनीले आग्रह गरेपछि मैले डोजरटिप्पर पठाएको हो। तर महानगर ममाथि खनिने गरेको छ। मेरा डोजर र टिप्परलाई महानगरले केही समय अगाडिदेखि लगेर बन्धक बनाएको छ,’ उनको आरोप छ, ‘महानगरका मेयर धनराज आचार्यले मेरा गाडी/उपकरण भनेपछि समातीहाल्ने र बन्धक बनाइदिने गरेका छन्।’

मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीका अनुसार फेवाफाँटमा सिमसार क्षेत्रको विवाद पटकपटक आएको तर यसको दिगो निरुपण हुन नसकेको स्वीकार गर्छन्। सिमसार भनिएको ठाँउमा पुग्दा जग्गा प्लटिङ गरिएको र पुर्ने तयारी भएको देखिएपछि मालपोतमा सोधी भएको उनले जानकारी दिए।

महानगरले खण्डीकरण गरेको अभिलेख हेर्दा सिमसार क्षेत्र भनेर किटान गरेको नदेखिएको उनको भनाइ छ। विभिन्न १० वटा क्षेत्रमा भूउपयोग ऐन नियमावलीमा महानगरले खण्डीकरण तोक्दा आवास र कृषिका लागि उपयोग भएको देखिएको तर कुनैपनि क्षेत्रमा सिमसार नदेखिएको अधिकारीको भनाइ छ।

प्रकाशित: २०८० जेठ २८ गते आईतबार ०१:१०
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना