काठमाडौँ- २०७८ सालको जनगणनाको तथ्यांक मिथ्या रहेको भन्दै जातिय समुदायले विरोध गरेका छन्।
नेपाल मगर सघं र किराँत राई समाजले तथ्यांकमा मिथ्यांक समावेश गरिएको भन्दै राष्ट्रिय तथ्यांक कार्यालयअघि प्रदर्शन गरेका हुन्।
मगर जातिमा पर्ने थर ‘पुन’लाई छुट्टै जाति देखाएर आफूहरूको जातिय पहिचानमाथि प्रश्न उठाइएको उनीहरूको आरोप छ।
किरात राई समाजले पनि गलत तथ्याङ्क तुरुन्तै सच्चाउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो।












