काठमाडौं साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सेयर बजार दोहोरो अंक बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ९.९३ अंकले बढेर २ हजार ६४९.३० विन्दुमा बन्द भएको छ।
आज एक करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर छ।
त्यस्तै, जीवन विकास लघुवित्त र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ। उक्त कम्पनीको मात्र २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।


