२०८३ कार्तिक २४ गते सोमबार

अदालतले भन्यो-रिलायन्सविरुद्धका लेख तथा समाचार प्रथम दृष्टिमै झूटो, भ्रमपूर्ण र अनर्गल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २४
ktm jilla adalat

काठमाडौं। काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध प्रकाशन तथा प्रशारण भएका समाचार प्रथम दृष्टिमै झूटो, भ्रमपूर्ण र अनर्गल भनेको छ। खगेन्द्रराज कँडेलसमेतका विरुद्ध दायर निवेदनमा बिहीबार अन्तरिम आदेश जारी गर्दै यस्ता लेख तथा समाचार प्रकाशन नगर्न आदेश दिएको छ।

न्यायाधीश रामचन्द्र खड्काको इजलाशले बिहीबार सुनुवाई गर्दै प्रथम दृष्टिमै ती लेख र समाचारलाई झूटो, भ्रमपूर्ण र अनर्गल भनेको हो।

रिलायन्सले साधारण सेयर (आईपीओ) निष्काशन गरेपछि केही समययता कँडेलका साथै विभिन्न अनलाईन र यूट्युब च्यानल जस्ता प्लेटफर्मबाट झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको जनाएको छ। उनीहरुले कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानीपूर्ण आरोप लगाएका थिए।

रिलायन्सले कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको भन्दै बुधबार निशेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो।

यूट्युब च्यानल जस्ता विभिन्न सामाजिक सञ्जालमार्फत झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानीपूर्ण आरोप लगाई कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको कार्य प्रथम दृष्टिमा नै देखिएको छ,’ आदेशमा भनिएको छ, ‘उल्लेखित शिर्षकका सम्बन्धी सामाग्रीहरु सञ्चार माध्यम तथा अनलाईन समेतमा प्रकाशन प्रसारण नगर्न नगराउन र प्रकासन प्रशारण गरिसकेका उक्त सामाग्रीहरु थप सम्प्रेषण हुन नदिनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’

रिलायन्स स्पिनिङ मिल्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ। रिलायन्सले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो।

बुक बिल्डिङ विधिमार्फत निष्काशित कूल शेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६४ कित्ता) शेयर योग्यसंस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ। संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँको दरले शेयर बिक्री गरिएको थियो।

बुक बिल्डिङ निर्देशिका बमोजिम ६० प्रतिशत शेयर आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, म्युचुअल फण्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ। निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो।

ग्लोबल आईएमई क्यापिटलको निष्काशन तथा बिक्री प्रवधकत्वमा भएको आईपीओमा गोला प्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले शेयर बाँडफाँट गर्दा २१ हजार ८०७ जनाले शेयर पाएका छन्।

आमसर्वसाधारणतर्फ १८ हजार ४९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३११ जनालाई शेयर बाँडफाँट गरिएको ग्लोबल आईएमी क्यापिटलले जनाएको छ। तीनवटै समूहमा गरेर ५ लाख ७४ हजार ६९२ आवेदक थिए, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको थियो।

प्रकाशित: २०८२ पुस २४ गते बिहिबार ०६:४४
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना