२०८३ कार्तिक ११ गते मङ्गलबार

अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि ट्रमामा घट्यो सङ्क्रमण दर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २५
trauma

काठमाडौँ: राष्ट्रिय ट्रमा सेन्टरमा आधुनिक प्रविधिमा आधारित मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा आएपछि शल्यक्रियापछिको सङ्क्रमण नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ। देशभरबाट गम्भीर दुर्घटनाका घाइते उपचारका लागि आउने यस सेन्टरमा पाँचवटा अत्याधुनिक मोडुलर ओटी सञ्चालनमा ल्याइएपछि उपचार सुरक्षित र प्रभावकारी बनेको हो।

शल्यक्रियापछि बिरामीमा सङ्क्रमण फैलिनु स्वास्थ्य सेवाको सबैभन्दा जटिल चुनौतीमध्ये एक हो। यही चुनौतीलाई ध्यानमा राख्दै मोडुलर ओटी निर्माण गरिएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बताए। ‘शल्यक्रिया सफल भए पनि सङ्क्रमण नियन्त्रण हुन सकेन भने उपचारको उद्देश्य नै अधुरो हुन्छ,’ उनले भने, ‘मोडुलर ओटीले यो जोखिम न्यून गर्दै बिरामी र चिकित्सक दुवैका लागि सुरक्षित वातावरण दिएको छ।’

मोडुलर ओटीमा जडान गरिएको हावा फिल्टर प्रणाली, सेन्सरयुक्त ढोका तथा एकीकृत संरचनाले हावामा रहेका ब्याक्टेरिया, भाइरस र धुलोलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दछ। यस्तो प्रविधिले शल्यक्रियापछि बिरामी छिटो निको हुने, अस्पताल बसाइँ अवधि घट्ने र उपचारको समग्र गुणस्तर सुधार हुने गरेको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मरासिनीले परम्परागत सिमेन्ट र इँटाले बनेका शल्यक्रिया कक्षभन्दा मोडुलर ओटी वैज्ञानिक डिजाइनमा आधारित हुने बताए। पर्खाल, छत, भुइँ र हावाप्रवाह प्रणालीलाई एकीकृत रूपमा डिजाइन गरिएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च स्तरको सङ्क्रमण नियन्त्रण सम्भव भएको उनले भने।

मोडुलर ओटी निर्माणमा आर्थिक अनुशासनसमेत कायम गरिएको ट्रमा सेन्टरको दाबी छ। कुल नौ करोड ७८ लाख १८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम ढिलो गरेको र सामग्रीको परिमाण घटाएर भुक्तानी दिइएकाले एक करोड ३६ लाख नौ हजार ८६५ रुपैयाँ बचत भएको सेन्टरले जनाएको छ। सम्झौताभन्दा बढी समय लगाएको कारण निर्माण कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सलाई ८६ लाख ५६ हजार ४६४ रुपैयाँ जरिवाना गरिएको छ।

सङ्क्रमणसम्बन्धी फोकल पर्सन सोचना सापकोटाका अनुसार ट्रमा सेन्टरमा आउने बिरामीको प्रकृति नै उच्च जोखिमयुक्त हुने भएकाले सङ्क्रमणको सम्भावना धेरै हुन्छ। ‘सानो चोटमा पनि सङ्क्रमण फैलिन सक्छ,’ उनले भने, ‘तर मोडुलर ओटी सञ्चालनपछि सङ्क्रमणदर घट्दै गएको तथ्यांकले देखाएको छ।’

प्रकाशित: २०८२ पुस २५ गते शुक्रबार ०९:५०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना