२०८३ कार्तिक २४ गते सोमबार

एक अर्ब ३० करोड खर्च हुँदा पनि पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र योजना अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २६
industry_4.0

गण्डकी। घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन।

कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन। दुवै प्रदेश गौरवका आयोजना हुन्। जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बताए।

“पुँडीटारमा अहिले कटान गर्नुपर्ने रुखको गणना र टाँचा लगाउने काम भइरहेको छ, लोकाहाखोलामा रुखको गणना भइसकेर प्रतिवेदन वन तथा भू–संरक्षण विभागमा पुगेको छ”, उनले भने, “संघको वन तथा वातावरण मन्त्रालयले प्रस्ताव लगेपछि बल्ल सङ्घीय मन्त्रिपरिषद्ले प्रदेश सरकारलाई जग्गाको भोगाधिकार दिने निर्णय गर्छ।” प्रदेश सरकारलाई जग्गाको भोगाधिकार आएपछि औद्यागिक क्षेत्रमा संरचना निर्माणको काम अगाडि बढ्ने मन्त्री बस्यालले बताए।

“जग्गा प्राप्तिमै धेरै समय लाग्यो, संघ सरकारले जग्गाको भोगाधिकारको अनुमति जति छिटो दिन्छ, त्यहीअनुसार औद्योगिक क्षेत्र निर्माणले गति लिन्छ”, मन्त्री बस्यालले भने, “प्रदेश सरकारकातर्फबाट पनि यस विषयमा संघ सरकारसँग पटकपटक छलफल भएको छ, ध्यानाकर्षण गराइएको छ।” उनले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको एकिन र नापजाँच गर्ने काम भइसकेको बताए।

दुवै औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माणस्थलमा काट्नुपर्ने रुखको गणना गरिएको बताए।

लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा गर्न धेरै समय लागेको महाशाखा प्रमुख ढकालले बताए। जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो। वन तथा वातावरण मन्त्रालयको सहमतिपछि संघीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्ने जनाइएको छ।

प्रदेश सरकारले पुँडीटारमा ५४ करोड र लोकाहाखोलामा ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको छ। जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा ४५ सय रोपनी र लोकाहाखोलामा १४१ विगाहामा औद्यागिक क्षेत्र निर्माण हुनेछ। पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भूभागलाई समेट्छ। लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो।

पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहे पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ। औद्योगिक क्षेत्र निर्माणको कामलाई प्रदेश सरकारले शीघ्र अगाडि बढाउनुपर्ने निजी क्षेत्रको माग छ। प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रसँगै २५ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको थियो।

 

प्रकाशित: २०८२ पुस २६ गते शनिवार ११:५७
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना