नेपालबाट प्रकाशित हुने नयाँ–नयाँ किताबहरू अब युकेमा सजिलै उपलब्ध हुने भएको छ। नेपाल क्राफ्ट एन्ड बुक डटकम ले नेपाली पुस्तक र हस्तकलाका सामान सँगसँगै बेच्न लागेको हो।
संस्थाका अनुसार नेपालमा प्रकाशित धार्मिक, अध्यात्मिक पुस्तकदेखि उपन्यास, जीवनी तथा नेपालभित्र छापिएका अङ्ग्रेजी भाषाका पुस्तकह समेत बिक्रिका लागि अनलाइनमा राखिएको छ। हस्तकलातर्फ आँखिझ्याल, फोटो फ्रेम, माने, मादल, सारङ्गी, डमरु, पानस, चित्रकला, मूर्तिहरू तथा कलात्मक भाँडाकुँडा राखिएका छन्।
नेपाल क्राफ्ट एन्ड बुक नामबाट सुरु गरिएको व्यवसाय सामाजिक सञ्जालका सबै माध्यममा भेटाउन सकिने प्रोपाइटर निर्भीक रायमाझीले बताए। रायमाझीका अनुसार सामान वेभसाइटबाट सिधै खरिद गर्न अथवा फोन म्यासेजबाट जुनसुकै माध्यमबाट अर्डर गर्न सकिने छ। सहुलियत दरमा सामान युकेभरि होम–डेलिभरि गरिँदै आएको छ।
संस्थाले युकेमा रहेका नेपाली समुदायले पुस्तक, हस्तकला तथा चाडपर्वका सामग्री सहजै खरिद गर्न सकिने विश्वास राखेको छ। यसका साथै नेपालीपन जोगाइराख्न नेपाली कलाका सामान प्रयोग गर्नसमेत संस्थाले आह्वान गरेको छ।


