काठमाडौँ: निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारीकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा टोली सर्वोच्च पुगेको हो।
अहिले रिट दर्ताको प्रक्रिया चलिरहेको छ।
शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारीकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन्।







