२०८३ कार्तिक २१ गते शुक्रबार

६ महिनामा भित्रिए साढे १२ लाख मोबाइल फोन, बाहिरियो २३ अर्ब बढी रुपैयाँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ७
mobile lock

काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मोबाइल फोन प्रयोगकर्ताको संख्या बढेको छ। भन्सार विभागको हालै सार्वजनिक तथ्यांकअनुसार साउनदेखि पुससम्म ६ महिनामा मात्रै १२ लाख ५२ हजार ६३४ थान स्मार्ट मोबाइल फोन नेपाल भित्रिएका छन्।

उक्त मोबाइल फोन आयातमा नेपाली २३ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ। मोबाइल फोन आयातबाट सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आवको यसै अवधिको तुलनामा यस वर्ष मोबाइल फोनको बिक्री बढेको देखिन्छ। अघिल्लो आव २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा ११ लाख ११ हजार ५५६ थान मोबाइल आयात भएका थिए। उक्त अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको स्मार्ट मोबाइल फोन आयात भएकोमा त्यसबाट सरकारले ३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आवको ६ महिनामा अघिल्लो आवको ६ महिनाको तुलनामा ६ अर्ब ५८ करोड रुपैयाँ बढीको स्मार्ट मोबाइल फोन नेपाल भित्रिएको हो।

प्रकाशित: २०८२ माघ ७ गते बुधबार ०६:०४
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना