२०८३ कार्तिक १२ गते बुधबार

विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
Nepal VS Scottland_NPL (14)

काठमाडौँ: अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको छ। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोली समूह चरणमै रोकिएको हो।

१४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ब्याटिङमा निराशाजनक प्रदर्शन गर्‍यो। इनिङ सम्हालिन नपाउँदै नियमित रूपमा विकेट गुमाउँदा टोली १४ ओभर नपुग्दै ६८ रनमै सीमित हुन पुग्यो। कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदानबाट बाहिरिएपछि नेपाली ब्याटिङ थप दबाबमा परेको थियो।

नेपालका तर्फबाट बिन्दु रावल र रोमा थापाले समान १४ रन जोडे भने रुबिना क्षेत्रीले १० रन बनाइन्। अन्य ब्याटरहरू लामो समय टिक्न सकेनन्। स्कटल्यान्डकी अब्ताहा मकसुदले आक्रामक बलिङ गर्दै तीन विकेट झारिन् भने कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले दुई–दुई विकेट हात पारिन्।

यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले सुरुवाती चरणमै दबाबमा राखेको थियो। पावरप्लेमै तीन विकेट झार्दै नेपालले स्कटल्यान्डलाई संघर्षरत बनाएको भए पनि अन्तिम ओभरसम्म टिकेर १४१ रनको लक्ष्य स्कटल्यान्डले दिएको थियो।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिइन्। नेपाली बलिङमा मनीषा उपाध्याय चम्किँदै चार विकेट लिइन् भने रुबिना क्षेत्रीले तीन विकेट हात पारिन्।

यस प्रतियोगितामा नेपालले जिम्बाबेलाई पराजित गरे पनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजय भोग्दै दुई अंकमै सीमित रह्यो।

उता, समूह चरणका खेल सकिएसँगै सुपर सिक्समा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड अघि बढ्दा समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा प्रवेश गरेका छन्।

सुपर सिक्स चरणबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा सहभागिता जनाउने अवसर पाउनेछन्।

प्रकाशित: २०८२ माघ १२ गते सोमबार ०१:०७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना