२०८३ कार्तिक १५ गते शनिवार

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
Suntala_-585

म्याग्दी: अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन्।

अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन्। हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताए।

‘देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन्,’ उनले भने, ‘माघ महिनासम्म बगैँचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो। माघको अन्तिममा प्रतिकिलो रु दुई सयसम्ममा सुन्तला बिक्री हुन्छ।’

पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन्। समुद्री सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तलाखेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा रु पाँच लाखको सुन्तला बेच्छन्।

बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए। बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उनीहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ। अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिङ्गो बासखर्कवासीले लिएका छन्।

‘हाम्रा बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन्, पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ,’ बलबहादुर खत्रीका छोरा नरबहादुरले भने, “बुबा बितेर गएको २२ वर्ष भयो, मैले र भाइले बर्सेनि रु १० देखि १३ लाखका दरले सुन्तला बेच्छौँ। बुबाको पेन्सन हामीले खाइरहेका छौँ। सुन्तलाखेतीले बासखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ।’

बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको छ। यस वर्ष रु २० करोड मूल्यबराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन्। विसं १९९७/९८ तिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एकदुई बोट सुन्तला लगाएका थिए। व्यावसायिक चेतनाको विकास र कृषि विकास बैंकले ऋण दिन थालेपछि बाँसखर्कमा २०३० को दशकमा सुन्तलाखेती विस्तार हुन थालेको अगुवा किसान बताउँछन्।

लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही किसानले नर्सरी पनि सञ्चालन गरेका थिए। वार्षिक रु २३ लाखको सुन्तला बेच्ने शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताए। ‘धान, कोदो र मकैखेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोराछोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरुलाई समेत बगैँचामा काम दिन सक्ने भएका छौँ।’

बाँसखर्कको एक हजार ५०० रोपनी क्षेत्रफलमा ५१ हजार १५१ सुुन्तलाका बोट छन्। सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार ७०६ बोटमा करिब रु २० करोडको सुन्तला उत्पादन भएको छ। गत वर्ष रु १८ करोड, २०८० मा रु ११ करोड र त्यसअघिको वर्ष रु १० करोडबराबरको सुन्तला बिक्री भएको थियो। क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो।

‘थप २४ हजार ४४५ सुुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्,’ खत्रीले भने, ‘सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु चार लाखदेखि ४० लाखसम्म आम्दानी गर्छन्।’

सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ।

बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन्। पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ। पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ।

सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक आउँछन्। म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो। माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ।

प्रकाशित: २०८२ माघ १६ गते शुक्रबार ११:३६
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना