२०८३ कार्तिक १२ गते बुधबार

 क्रिकेटदेखि कमेन्ट्रीसम्म, राजनीतिदेखि टिभी शोसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
siddhu

केही समयअघि नवजोत सिंह सिद्धू ओटीटी प्लेटफर्म नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शर्मा’ शोमा ‘परमानेन्ट गेस्ट’ (स्थायी पाहुना) को रूपमा फिर्ता भए। सिद्धू यस शोमा ६ वर्षपछि फर्किएका हुन्।

भनिन्छ कि २०१९ मा पुलवामा हमलामा मारिएका ४० भन्दा बढी भारतीय सैनिकको मृत्युमा विवादास्पद टिप्पणी गरेपछि सिद्धूलाई कपिल शर्माको शोबाट निकालिएको थियो। उनलाई जान्नेहरू भन्छन् कि सिद्धू निकै तेज र केही हदसम्म बढी बोल्ने स्वभावका छन्। उनलाई चर्चामा रहन मन पर्छ। टिभी शोदेखि क्रिकेटको कमेन्ट्री बक्स र राजनीतिको मैदानसम्म, उनी आफ्नो एक विशेष शैलीका लागि चिनिन्छन्।

पञ्जाबको पटियालामा जन्मिएका सिद्धूका पिता सरदार भगवन्त सिंह पनि प्रख्यात क्रिकेटर थिए। सिद्धूले १९८३-८४ को टेस्ट सिरिजमा भारतीय टोलीबाट डेब्यु गरेका थिए। सुरुमा उनी त्यति सफल भने हुन सकेनन्। तर १९८७ को वनडे वर्ल्ड कपमा उनले शानदार पुनरागमन गर्दै चारवटा अर्धशतक बनाए। आफ्नो आक्रामक ब्याटिङका लागि चर्चित सिद्धू ‘सिक्सर सिद्धू’ को नामले चिनिन थाले।

नवजोत सिंह सिद्धू

विज्ञहरूका अनुसार सिद्धूको क्रिकेट उनको व्यक्तित्वको छवि हो। उनी एकैसाथ रक्षात्मक र आक्रामक दुवै शैलीमा क्रिकेट खेल्थे। १९८३ देखि १९९९ को बीचमा उनले भारतका लागि ५१ टेस्ट म्याच खेले, जसमा उनको औसत ४२.१३ रह्यो। बीबीसी हिन्दीका संवाददाता सौतिक विश्वासले सिद्धूको बारेमा लेखेका छन् कि उनी आफ्नो प्रदर्शनप्रति यति चिन्तित हुन्थे कि उनी खेल जीवनमा रहँदा न त कहिल्यै कुनै पार्टीमा गए, न त कुनै फिल्म नै हेरे। सिद्धू निकै धार्मिक छन् र पूर्ण रूपमा शाकाहारी खाना खान्छन्।

तर, उनै सिद्धू १९९६ मा आफ्ना कप्तान मोहम्मद अजहरुद्दीनको व्यवहारबाट रिसाएर सिरिजको बीचमै इङ्गल्याण्ड छोडेर भारत फर्किएका थिए। पूर्व बीसीसीआई अध्यक्ष जयवन्त लेलेले आफ्नो आत्मकथामा लेखेका छन् कि अजहरुद्दीनले केही भनेको कुरामा सिद्धूलाई लाग्यो कि कप्तानले उनलाई गाली गरिरहेका छन्।

सिद्धूले सन् २००१ मा भारतको श्रीलंका भ्रमणबाट कमेन्टेटरको रूपमा नयाँ यात्रा सुरु गरे। छोटो समयमै उनी आफ्ना ‘वान-लाइनर्स’ का कारण लोकप्रिय भए। ‘खटाक’, ‘छा गए’ र ‘वाह! गुरु’ जस्ता शब्दहरूले उनलाई ठूलो प्रशंसक समूह दिलायो। उनको कमेन्ट्री शैलीलाई ‘सिद्धूइज्म’ भन्न थालियो।

२००९ मा उनी कमेन्ट्री छोडेका राजनीतितर्फ लागे। तर २०२४ मा आईपीएलमा पुनः कमेन्ट्रीमै फर्किए। लामो समयपछि कमेन्ट्री बक्समा फर्किए पनि उनको शैली र बोल्ने कलामा कुनै कमी आएको देखिएन।

सिद्धूले १९९९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। पाँच वर्षपछि अर्थात् २००४ मा उनी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे। २००४ देखि २०१४ सम्म उनी अमृतसरबाट लोकसभा सांसद चुनिए। २०१६ मा भाजपाले उनलाई राज्यसभा सदस्य मनोनित गर्‍यो, तर पञ्जाबको राजनीतिमा सक्रिय हुन उनले राजीनामा दिए। २०१७ मा उनी भाजपा छोडेर कांग्रेसमा प्रवेश गरे र अमृतसर पूर्वबाट विधायक बने। उनले पञ्जाब सरकारमा मन्त्रीको पद पनि सम्हाले तर तत्कालीन मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहसँग उनको सम्बन्ध सुमधुर हुन सकेन।

राहुल गांधी के साथ नवजोत सिद्धू

इमरानको तारिफ, विवाद र जेल यात्रा
२०१८ मा पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बन्दा सिद्धू उनको शपथ ग्रहण समारोहमा गएका थिए। त्यहाँ उनले पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवालाई अंकमाल गरेपछि भारतमा ठूलो विवाद भएको थियो। पञ्जाबको राजनीतिमा सिद्धू आफैँ मुख्यमन्त्री बन्न चाहन्थे, जसका कारण अमरिन्दर सिंहसँग उनको दूरी बढ्यो।

२७ डिसेम्बर १९८८ को साँझ पटियालामा पार्किङको विषयमा विवाद हुँदा ६५ वर्षीय वृद्ध गुरनाम सिंहसँग सिद्धूको झगडा भएको थियो। हात हालाहालको क्रममा गुरनाम सिंहको मृत्यु भयो। यस मुद्दामा लामो कानुनी लडाइँ चल्यो। अन्ततः मे २०२२ मा सर्वोच्च न्यायालयले उनलाई एक वर्षको जेल सजाय सुनायो। जेलमा राम्रो व्यवहारका कारण उनलाई १० महिनापछि नै रिहा गरियो।

पत्नीको क्यान्सर र विवादास्पद बयान
सिद्धूकी पत्नी नवजोत कौर सिद्धूलाई क्यान्सर भएपछि उनी केही समय राजनीति र कमेन्ट्रीबाट टाढा रहे। नोभेम्बर २०२४ मा सिद्धूले आफ्नी पत्नी क्यान्सरमुक्त भएको दाबी गरे। तर, उनले क्यान्सर निको पार्न केही घरेलु खानेकुरा (बेसार, नीम आदि) को श्रेय दिएपछि टाटा मेमोरियल अस्पतालका डाक्टरहरूले त्यसको विरोध गरे। डाक्टरहरूका अनुसार यस्ता दाबीको कुनै वैज्ञानिक प्रमाण छैन र यसले बिरामीहरूलाई भ्रममा पार्न सक्छ।

तमाम विवाद र उतारचढावका बाबजुद सिद्धू फेरि एकपटक मनोरञ्जनको दुनियाँमा फर्किएका छन्। र उनको उपस्थितिलाई दर्शकले रुचाइरहेका छन्। –बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित: २०८२ माघ १७ गते शनिवार ०२:५०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना