२०८३ कार्तिक १२ गते बुधबार

टी-२० विश्वकप: २०२६ इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २५
cricket

आईसीसी टी–२० विश्वकपको तेस्रो सहभागिताको औपचारिक सुरुवात नेपालले आजबाट गर्दैछ। भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले बलियो टेस्ट टोली इंग्ल्यान्डसँग समूह ‘सी’ को दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। यसअघि यही समूहको पहिलो खेलमा वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका थिए, जहाँ एसोसिएटेड टोलीहरूले टेस्ट टोलीमाथि दबाब सिर्जना गरे पनि जित भने निकाल्न सकेनन्। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्टइन्डिज तथा अमेरिकाले भारतविरुद्ध प्रदर्शन गर्दै आफूहरू बलियो रहेको सन्देश दिए पनि सनसनीपूर्ण नतिजा निकाल्नबाट टोलीहरू असफल रहे।

दिउँसो ३:१५ बजे मुम्बईको वानखेडे मैदानमा सुरु हुने खेलमा नेपाल आफूलाई प्रतिस्पर्धात्मक टोलीका रूपमा इंग्ल्यान्डविरुद्ध मैदानमा उतार्ने तयारीमा रहनेछ। त्यसो त नेपाली टोलीले वार्मअप खेलमा दुवै जित निकाल्दै आत्मविश्वासी रहेको अवस्थामा इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ।

अर्कोतर्फ इंग्ल्यान्डको अस्थिर फर्म र तुलनात्मक रूपमा कमजोर टोलीसँग व्यहोरेको हारले समेत नेपालले ‘सरप्राइज’ नतिजा निकाल्न सक्ने विश्वास गरिएको छ। तेस्रो विश्वकपसम्मको अभियानमा नेपाल कम्तीमा सुपर ८ सम्म पुग्नका लागि पनि आफूलाई सोहीअनुसार प्रतिस्पर्धामा उतार्नुपर्ने चुनौती रहेको छ।

यदि नेपालले शीर्ष ८ मा पुग्ने हो भने समूह चरणका ४ मध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ, साथै अन्य टिमको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ। त्यसैले नेपाल आफ्नो उच्च मिसनलाई लक्ष्यमा पुर्‍याउनका लागि इंग्ल्यान्डसँगको खेल नै महत्वपूर्ण हुनेछ।

नेपाल र इंग्ल्यान्ड हालसम्म टी–२० अन्तर्राष्ट्रियमा कहिल्यै पनि प्रतिस्पर्धा गरेका छैनन्। त्यसो त टेस्ट टोलीविरुद्ध नेपालले वेस्टइन्डिज टोलीसँग शृंखला खेलेको थियो, तर कुनै पनि अन्य टोलीविरुद्ध यस्तो मौका पाएको छैन।

इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर मुम्बई आइपुगेकाले स्वाभाविक रूपमा आफ्नो दाबेदारी पहिलो खेलबाटै प्रस्तुत गर्ने प्रयास गर्नेछ। नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा मैदान उत्रिँदै गर्दा उपाधि दाबेदार इंग्ल्यान्ड भने स्वाभाविक रूपमा आफ्नो लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ।

नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँग खेल्दा गाह्रो हुने भए पनि टिमले सतप्रतिशत दिएर खेल्ने बताएका छन्। उनले यसपटक सुपर ८ मा पुग्ने गरी तयारी गरेको भन्दै सुरुवातबाटै उक्त लक्ष्य पछ्याउने आफ्नो प्रयास रहने बताए। इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने भन्दै नेपालसँगको खेल अन्य टिमसँगको जस्तै महत्वपूर्ण रहने बताए।

प्रकाशित: २०८२ माघ २५ गते आईतबार ०८:३४
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना