काठमाडौँ: आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्। आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्तर्ग एक गरेर तीन खेल हुन लागेका हुन्।
पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ।
न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ। न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो।
मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन्। यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन्।







