२०८३ साउन १३ गते बुधबार

ग्लोबल लिटरेचर फेस्ट २०२६ सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
WhatsApp Image 2026-02-13 at 09.20.03

काठमाडौँ: ‘ग्लोबल लिटरेचर फेस्ट २०२६’ सम्पन्न भएको छ। साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट–ग्रेड लिटरेरी क्लबका विद्यार्थीहरूद्वारा आयोजित फेस्टिभलमा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार–विमर्श एवं कविता वाचन कार्यक्रम भएको थियो।

प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले फेस्टिभलमा ‘प्रेम र जीवन’सेसनअन्तर्गत स्वागत प्रवचन दिएका थिए। उनले यस सेसनअन्तर्गत आफूले जीवनकालमा विद्यार्थी जीवनदेखि गरेको प्रेमानुभव सुनाएका थिए। उनले प्रेमले मान्छेलाई मानवीय र संवेदनशील बनाउने बताए। आफूले प्रेम गर्न उक्साएको र प्रेम नगर्न अर्ती दुवै नदिएको बताउँदै जीवनका प्राथमिकताहरूमा केन्द्रित हुनुपर्ने बताए। आफू आफ्नै खुट्टामा अडिग नभइ गरिने प्रेममा सम्मान र समान भाव दुवै नहुने उनको भनाइ थियो।

यसैगरी सङ्ग्रौलासहित कवि नवराज लम्साल र कथाकार बिनाथिङ तामाङले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे गम्भीर बहस गरेका थिए। पत्रकार तथा निबन्धकार दीपक सापकोटाले सञ्चालन गरेको उक्त सेसनमा वरिष्ठ साहित्यकार संग्रौलाले प्रेमलाई जीवनको सबैभन्दा बहुमूल्य तत्व भन्दै आजको पुस्ता सजिलो र छिटो माध्यमतर्फ आकर्षित भइरहेको बताए। उनका अनुसार वर्तमान पुस्ता “रेडिमेड नुडल्स” जस्तो छिटो परिणाम खोज्ने प्रवृत्तिमा छ, जबकि साहित्यले धैर्य, प्रतीक्षा र गहिरो अनुभूति माग्छ।

उनले साहित्य मरेको नभई नयाँ पुस्तालाई आकर्षित गर्ने ढङ्गले लेखनमा सुधार आवश्यक रहेको उल्लेख गरे। प्रत्येक पुस्ताको आफ्नै भाषा, रुचि र मानसिकता हुने भएकाले बदलिँदो समयलाई बुझेर साहित्यिक गतिविधि अघि बढाउनुपर्ने उनको धारणा थियो।

संग्रौलाले आजको संसार तीव्र गतिमा अघि बढेकाले मानिसहरूलाई धैर्य अभ्यास गर्ने अवसर कम भएको र छोटा रिल्समा बढी समय बिताउने प्रवृत्ति बढेको बताए। केही दशकअघि मनोरञ्जनका साधन सीमित हुँदा जीवनसँग जोडिन र सिक्न साहित्य लोकप्रिय रहेको स्मरण गर्दै उनले समयसँगै मानिसहरू रिल्सतर्फ सरेको टिप्पणी गरे।

तर रिल्सले शिक्षा प्रणालीलाई पूर्ण रूपमा नकारात्मक असर नपारेको र केही हदसम्म सिकाइलाई प्रवर्द्धन पनि गरेको उनको भनाइ थियो। अनुसन्धान गर्दा आजका मानिसहरू कम्तीमा आफ्नो पहिचान र अस्तित्वबारे खुलेर उभिन थालेको सकारात्मक पक्ष पनि देखिएको उनले बताए।

कवि तथा सञ्चारकर्मी नवराज लम्सालले सामाजिक सञ्जालले धेरैलाई लेखक, वक्ता र सर्जकको रूपमा स्थापित हुन सहयोग गरेको बताए। उनका अनुसार परिवर्तन प्रत्येक पुस्तासँगै आउँछ, त्यसलाई स्वीकार गर्दै नयाँ माध्यमसँग सिक्दै अघि बढ्नुपर्छ।

लम्सालले वास्तविक साहित्य भनेको मानिस–मानिसबीचको सम्बन्ध, माया र आत्मीयता भएको उल्लेख गर्दै रिल्स होस् वा साहित्य—त्यसले सम्बन्ध जोड्न, प्रेम फैलाउन र आगामी पुस्तासम्म मूल्य हस्तान्तरण गर्न सक्नुपर्नेमाथि जोड दिए।

कथाकार बिनाथिङ तामाङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्तामा पठन संस्कृति कायमै रहेको बताउँदै उनले यो विस्तारित हुननसक्नुको कारण अभिभावक र शिक्षकहरू नै भएको तर्क गरेकी थिइन्। ‘अहिले ५० हजार प्रति पुस्तक बिक्री भएमा बेस्ट सेलरको मानकका रूपमा हेर्ने गरिएको छ। तर हाम्रोमा शिक्षक कति छन्? उनीहरूले मात्रै पुस्तक किनेर पढिदिने हो भने त्यो त कम्तिमा ५ लाख १० लाख प्रति बिक्ने थियो,’ उनले भनिन्, ‘जसरी हामीलाई पढाइमा आकर्षित गर्न त्यसवेला घरमा अभिभावकको पढ्ने र पुस्तकमा लगानी गर्ने चलन थिएन, अहिले पनि अवस्था त्यही हो। त्यसकारण पठन संस्कृति खस्कियो भनेर नयाँ पुस्तालाई दोष देखाउन मिल्दैन।’

उनले नयाँ पुस्तामा पठन संस्कृति बढाउन अभिभाव नै जिम्मेवार र गम्भीर हुनुपर्ने एवं बहस, कार्यक्रम र सिर्जनात्मक पहल आवश्यक रहेको बताइन्।

फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए।

प्रकाशित: २०८२ फाल्गुण १ गते शुक्रबार १२:३२
प्रतिक्रिया

थप समाचार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना