२०८३ कार्तिक ११ गते मङ्गलबार

टी-२० विश्वकप: वेस्ट इन्डिज सुपर ८ मा, प्रतियोगिताबाट बाहिरियो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३
at5javjo_west-indies-vs-nepal_625x300_15_February_26

काठमाडौँ: आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल ले दुई पटकको विजेता वेस्ट इन्डिज सँग ९ विकेटको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। लगातार तेस्रो पराजयसँगै नेपाल अंकविहीन रहँदै समूह चरणमै रोकियो भने वेस्ट इन्डिज भने लगातार तीन जितसहित सुपर एटमा पुग्ने पहिलो टोली बन्यो।

यसअघि नेपाल इंग्ल्यान्ड र इटलीसँग पनि पराजित भइसकेको थियो। समूह ‘सी’ मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड ४ अंकका साथ दोस्रो स्थानमा छ। स्कटल्याण्ड र इटली समान २–२ अंकमा तेस्रो र चौथो स्थानमा छन्। बाँकी खेलमा इटलीलाई हराए इंग्ल्यान्ड सुपर एटमा पुग्नेछ भने इटलीका लागि दुवै खेल जित्नु अनिवार्य छ। नेपालले भने अब स्कटल्याण्डविरुद्धको अन्तिम खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ।

मुम्बई स्थित वानखेडे स्टेडियम मा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर सजिलै पूरा गर्‍यो। कप्तान शाई होप ४४ बलमा ६१ रन बनाउँदै अविजित रहे भने शिमरोन हेतमायर ले ४६ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि अविजित ९१ रनको साझेदारी भयो। ओपनर ब्रान्डन किङले २२ रन जोडेका थिए। नेपालका लागि नन्दन यादवले एकमात्र विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सुरुआत कमजोर रहे पनि उपकप्तान दीपेन्द्र सिंह ऐरी को अर्धशतकले टोलीलाई प्रतिस्पर्धी योगफलसम्म पुर्‍यायो। उनले ४७ बलमा ५८ रन बनाए। टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बने; यसअघि सन् २०१४ संस्करणमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।

यस खेलमा पहिलोपटक अवसर पाएका सोमपाल कामी ले १५ बलमा अविजित २६ रन जोडे। दीपेन्द्र र सोमपालबीच सातौँ विकेटका लागि बनेको ५४ रनको साझेदारी नै नेपालको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो। गुल्सन झासँग छैटौँ विकेटका लागि २७ रनको सहकार्य पनि महत्वपूर्ण बन्यो। अन्य ब्याटरहरू भने दोहोरो अंकमा टिक्न संघर्षरत देखिए।

पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र २२ रन बनाएको नेपालले विश्वकप इतिहासकै सबैभन्दा कमजोर सुरुआत गर्‍यो। कुशल भुर्तेल पहिलो ओभरमै आउट भए भने रोहित पौडेल, आसिफ शेख, आरिफ शेख र लोकेश बम सस्तैमा फर्किँदा टोली दबाबमा परेको थियो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले समान १–१ विकेट लिए।

यसै खेलसँगै सोमपाल कामी नेपालबाट तीनवटै टी–२० विश्वकप खेल्ने पहिलो खेलाडी बने। सन् २०१४ मा डेब्यु गरेका उनले त्यसपछिका सबै संस्करणमा सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गरेका हुन्। साथै, टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनको नाममा पुगेको छ।

प्रकाशित: २०८२ फाल्गुण ३ गते आईतबार ०२:४०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना