मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुर करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ३ बजेको समयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बसमा सवारहरूको जाँच गरेको थिय। त्यस क्रम ५६१.३० ग्राम सुनसहित एक जना पक्राउ परेका हुन्।
प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए।
साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


