काठमाडौँ: अरनिको राजमार्ग अन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बनेपाको चाँदनी चोकमा भएको दुर्घटनामा ३० वर्षीय स्कुटर चालकको मृत्यु भएको हो। दुर्घटनामा एक जना घाइते छन्।
मृतक पुरुषको पहिचान खुलेको छैन। उनको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो। दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन्।
प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रकाशित: २०८२ फाल्गुण ६ गते बुधबार ११:३७