काठमाडौँः वीरगंजस्थित शुभम हेल्थकेयर प्रोडक्ट्स प्रा.लि वाणिज्य विभागको कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सुचना जारी गर्दै शुभम हेल्थकेयरलाई जरिबाना तिराएको जानकारी दिएको हो।
विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा शुभम हेल्थकेयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो।
अनुगमनका क्रममा भक्तपुरका विभिन्न ४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको विभागले सार्वजनिक गरेको सुचनामा उल्लेख छ।


