२०८३ कार्तिक १४ गते शुक्रबार

मेरो घर, मेरो हरियाली: शहरी प्रदूषण विरुद्धको अभियान

 |  प्रो. पवन कुमार शर्मा/सुदर्शन पौडेल
Sanket

प्रो. पवन कुमार शर्मा/सुदर्शन पौडेल

काठमाडौँ, फाल्गुण १०
Weather KTM valley_-1075

काठमाडौँ: सास लिनु जीवनको सबैभन्दा स्वभाविक क्रिया हो, तर जब सास नै जीवन–जोखिम बन्छ तब शहरले आत्मपरीक्षण गर्नुपर्ने हुन्छ। यतिबेला हामी सास त लिइरहेका छौँ, तर त्यो सासले जीवन दिइरहेको छ कि लिँदैछ भन्ने कुरा अब अनिश्चित हुँदै गएको छ। जुन हावा हाम्रा फोक्सोमा पुगेर जीवन भर्ने थियो, आज त्यही हावाले हामीलाई बिरामी बनाइरहेको छ। राजधानी काठमाडौँ अहिले वायु प्रदूषणको घेराभित्र छ, जहाँ श्वास लिनु नै जोखिमपूर्ण हुन थालेको छ। कुनै बेला हिमालको सिरानी लगाएर पहाडको काखमा बसेको शान्त र स्वच्छ नगर, आज धूलो, धुँवा र कर्कश आवाजले उकुसमुकुस मनोवृत्तिको शहर बन्दै गएको छ। एक समय थियो, जब स्वच्छ हावाको श्वास यहाँको पहिचान थियो, तर आज यही हावा मानिसको जीवन र भविष्यको शत्रु बन्न थालेको छ।

वायु प्रदूषण केवल वातावरणको दुश्मन होइन, यो हाम्रो फोक्सो, मुटु, मस्तिष्क र भविष्यका पुस्ताहरूका लागि देखिँदो–नदेखिँदो मृत्युको कारक बनिरहेको छ। कतिपय बिहानहरूमा हामी धुवाँ र कुहिरोको फरक छुट्याउन सक्दैनौँ। गाडीबाट निस्कने धुवाँ, निर्माण स्थलको धुलो, फोहोर जलाउँदा उठ्ने कालो मुस्लो, र इँटाभट्टाबाट निस्कने ग्यास—यी सबैले हामीलाई दिनहुँ घेरिरहेका छन्। विशेषगरी काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा दिनहुँ बढ्दैछ, जसको असर हाम्रा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दमका रोगीहरूमाथि गम्भीर रूपमा परेको छ।

यो अवस्था एक्कासि आएको होइन। हामीले वर्षौँदेखि सस्तो विकासको नाममा गाडी बढायौँ, हरियाली घटायौँ, र शुद्ध हावाको साटो धुवाँमा रमायौँ। वास्तवमा, प्रदूषण केवल हावामा सीमित छैन। माटोमा फालिएको प्लास्टिक, नदी र पोखरीमा मिसिएको मलमूत्र र रसायन, र हाम्रो जीवनशैलीमा आएको असन्तुलनले प्रकृतिका सबै पाटाहरूलाई असर गरिरहेको छ। यसले बाली उब्जाउने माटो कमजोर बनाउँछ, पानी पिउन लायक रहँदैन, हावाको कुरा त भइनसक्यो।

विगतमा राज्य, समाज र व्यक्ति स्वयंको अदूरदर्शी निर्णयको मूल्य आज हाम्रो स्वास्थ्यले तिर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष झण्डै ७० लाख मानिस प्रदूषणकै कारण अकालमा मर्छन्। सन् २०५० सम्म यो सङ्ख्या भयावह बन्ने चेतावनी दिइएको छ। प्रदूषणका कणहरू (PM2.5 र PM10) हाम्रो नाक हुँदै श्वासप्रश्वास प्रणालीमा प्रवेश गरेर फोक्सो, मुटु, मस्तिष्क, यहाँसम्म कि गर्भमा रहेको शिशुसम्म असर पार्न सक्छन्। प्रदूषणले स्वास्थ्य मात्र होइन, अर्थतन्त्र, शिक्षा, मानसिक शान्ति र सांस्कृतिक सम्पदामा समेत गहिरो असर पारिरहेको छ। बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, र ज्यालादारी मजदुरहरू सबैभन्दा बढी जोखिममा छन्। हामी त्यही नियति भोग्न अभिशप्त छौँ।

काठमाडौँ उपत्यका—जहाँ आकाश नीलोभन्दा बढी खैरो देखिन थालिसकेको छ—विश्वका अति प्रदूषित सहरमध्ये एक बन्दै गएको छ। यहाँको हावामा PM2.5 को मात्रा उच्च हुनुमा सवारी चाप, इँटाभट्टा, खुला फोहोर विसर्जन, निर्माणजन्य धुलो, अव्यवस्थित शहरी विस्तार मुख्य कारक हुन्। तथ्यले भन्छ, काठमाडौँ उपत्यकाको यो निसासिएको अवस्था हुनुमा—सवारी प्रदूषण ४०%, इँटाभट्टा र उद्योग २५%, फोहोर २०%, धुलो १०% र डढेलो ५% जिम्मेवार छन्।

यस समस्याको समाधान पनि अब टाढा छैन, यदि हामी सबैले मिलेर केही साना तर प्रभावशाली काम गर्‍यौँ भने। सरकारको नीतिगत जिम्मेवारी आफ्नो ठाउँमा छ, तर व्यक्तिगत जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। हामी सबैले पुनः प्रयोग गर्न मिल्ने सामान प्रयोग गर्ने, प्लास्टिक कम प्रयोग गर्ने, सार्वजनिक सवारी चढ्ने, साइकल चलाउने, अनि हरियालीको पक्षमा सोच्ने बेला आएको छ।

छानामा अम्बा अभियान अहिलेको अवस्था सुधार गर्न एउटा सरल तर प्रभावशाली उपायमध्ये एक हो—शहरी हरियालीको विस्तार। शहरमा खाली जमिनको अभाव हुँदा पनि हामीसँग छानो छ। त्यसैले अहिलेको अवस्थामा हरेक घरको छानामा एउटा बोट भन्ने अभियान निकै सार्थक र उपयोगी हुन सक्छ।

यहाँ प्रस्तावित अम्बा एक सांकेतिक नाम हो, किनकि अम्बा सजिलोसँग हुर्किने र कम स्याहार–सुसारमा पनि बाँच्न सक्ने बोट हो। गमलामा हुर्कने अम्बाको बोटका लागि २०–२४ इन्च व्यासको गमला पर्याप्त हुन्छ। यस्ता बोटको हेरचाह पनि सरल हुन्छ—साप्ताहिक पानी हाल्नु र कहिलेकाहीँ मल हाल्नाले नै बोट राम्रोसँग हुर्कन्छ। यस्ता बोटहरू १.५ देखि २ मिटरसम्म अग्ला हुन्छन् र वर्षमा ३०–५० वटासम्म फल दिन सक्छन्, जुन पारिवारिक उपभोगका लागि पनि उपयोगी हुन्छ। साथै, यस्ता बोटहरूले दैनिक १–२ जनालाई ३०–६० मिनेट पुग्ने अक्सिजन उत्पादन गर्न सक्छन्। यसको थप फाइदा यसले छानाको तापक्रम घटाउन मद्दत गर्छ।

यसरी, उपत्यकामा सबै घरले कम्तिमा एक अम्बाको बोट हुर्कायो भने, त्यो आफैँमा सानोतिनो हरित क्रान्तिको सुरुवात हुनेछ, भने स्वस्थ जीवनशैली र जलवायु सुधारतर्फ एक दरिलो पाइला हुनेछ।

यस्तो अभियान संसारभरका शहरहरूले हरित छानालाई प्राथमिकता दिइसकेका छन्। सिंगापुर, टोकियो, पेरिस, न्यूयोर्क—यी सबै शहरहरूले हरियाली विस्तारलाई जलवायु परिवर्तनको समाधानका रूपमा लिएका छन्। नेपाल पनि त्यसै मार्गमा हिँड्न सक्छ, त्यसको सुरुवात हामी आम नागरिकले गर्न सक्छौँ।

अन्त्यमा भन्नुपर्दा, वायु प्रदूषण हाम्रो भविष्यको दुश्मन बनेको बेला, हामी आफैँ यो समस्याको समाधानको सुरुवात बन्न सक्छौँ। सरकारी नीति, अन्तर्राष्ट्रिय सहायता, प्रविधि र कानूनहरू महत्वपूर्ण छन्, तर एउटा नागरिकले छानामा एउटा बिरुवा रोप्ने निर्णय गरे मात्र पनि ठूलो परिवर्तनको संकेत दिन सक्छ। यहाँ प्रस्तावित ‘हरेक घरको छानामा एउटा बोट’ अभियान केवल सांकेतिक मात्र हो। अम्बाको स्थानमा अन्य बोट वा वनस्पतिलाई पनि प्रोत्साहन गर्न सकिन्छ। यो अभियान सफल पार्न सक्यौँ भने त्यसपछिका दिनमा अन्य यस्तै व्यक्तिगत रूपमा योगदान दिन सक्ने दरिला पाइलाहरू चाल्दै जान सकिनेछ।

फलस्वरूप हामीले भविष्यका सन्ततिलाई अलि सुरक्षित स्वच्छ हावा, अलि शान्त र हरियो शहर, र स्वस्थ जीवनशैलीको उपहार दिन सक्छौँ। र यो सोच, यो व्यवहार, विस्तारित हुन सक्यो भने, काठमाडौँ फेरि एकपटक साँच्चैको फूलबारी बन्न सक्छ—जहाँ स्वास लिन डर होइन, रहर हुनेछ। –(लेखकद्वय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)

प्रकाशित: २०८२ फाल्गुण १० गते आईतबार १०:४६
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना