काठमाडौँ: पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा पूर्वभूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश भएको छ। आइतबार विशेष अदालतका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको हो।
चौधरी आइतबार अदालतमा उपस्थित भएपछि आजै उनको बयान र बयानपछि थुनछेक बहस भएको थियो। थुनछेकपछि उनलाई धरौटीमा थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्वभूमिसुधारमन्त्री श्रेष्ठसमेत ७ जनालाई विपक्षी बनाउँदै गत असोज २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले पूर्वमन्त्रीद्वय गुप्तासँग र चौधरीसँग जनही ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।
यसअघि विशेषले पूर्वमन्त्री गुप्तालाई गत पुस १६ गते थुनछेक बहसपछि थुनामा पठाउने आदेश गरिसकेको छ। अख्तियारले घुस प्रकरणमा गुप्ता र श्रेष्ठसहित तत्कालिन पोखरा मालपोतका प्रमुख अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजनकुमार तामाङ तथा यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरलाई प्रतिवादी बनाएको थियो।


