२०८३ कार्तिक २३ गते आईतबार

ऊखु किसानका समस्या समाधानमा कुनै कसर बाँकी नराख्ने विनोद चौधरीको प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
194f3f95-ac52-4ec6-9633-86a4ba19f530

नवलपरासी। पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले ऊखु किसानका समस्या समाधानका लागि आफुले कुनै कसर बाकी नराख्ने बताएका छ्न। विगतदेखि ऊखु किसानका समस्यामा सरकारलाई झकझक्याएको पनि उनले बताए।आगामी दिनमा समेत ऊखु किसानका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए।

गत वर्ष पनि न्युनतम समर्थन मूल्य समयमै तोक्न आफुले सरकारलाई दबाब दिएको स्मरण गराउँदै उनले किसानहरुको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताए। ग्रामिण भेगमा अधिकांश किसान ऊखु खेतिमा आबद्ध भएकाले किसानमैत्री नितिको आवश्यकता उनले औल्याए।

निर्वाचन अभियान अन्तर्गत आज नवलपरासीको प्रतापपुर गाउँपालिका स्थिति वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेका चौधरीलाई यहाँका ऊखु किसानले ऊखु किसानका दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी पहल गरिदिन अनुरोध गरेपछि उम्मेदवार चौधरीले गम्भिरता पुर्वक किसानका गुनासा सुन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।

समयमा अनुदान रकम र उखुको भुक्तानी नपाउँदा यस क्षेत्रका कृषक वर्षौंदेखि आर्थिक संकट झेल्दै आएका छन्।निर्वाचन अभियानअन्तर्गत आज प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित ग्रामीण भेगमा घरदैलो कार्यक्रममा पुगेका उम्मेदवार चौधरीलाई किसानहरूले आफ्ना गुनासा प्रत्यक्ष सुनाएका हुन्।

किसानहरूको भनाइ अनुसार ऊखु क्रसिङ सिजन सुरु भइसके पनि सरकारले समयमै ऊखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने गरेको छ। त्यस्तै, चिनी मिलहरूले वर्षौंदेखि भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण किसानहरू विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।

स्थानीय किसानका समस्या सुनेपछि उम्मेदवार चौधरीले विगतमा पनि उखु किसानका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे। उनले कांग्रेसको नेतृत्वमा सरकार बने कृषि क्षेत्रका लागि छुट्टै नीति निर्माण गरी किसानका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस भेगका अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेकाले भुक्तानी र मूल्य निर्धारणको समस्या समाधान नगरेसम्म कृषकको अवस्था सुधार नहुने स्थानीयहरूको भनाइ छ। केही किसान ऊखु खेतीबाट विस्थापित भई केरा खेतीतर्फ आकर्षित भए पनि बजारीकरण र उचित मूल्य अभावका कारण सन्तुष्ट हुन नसकेको बताएका छन्।

घरदैलोका क्रममा उम्मेदवार चौधरीले गगन थापा नेतृत्वको सरकार बने राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने र किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास दिलाए।आफू निर्वाचित भएपछि झन्डै ३० महिना मात्रै काम गर्न पाएको बताउँदै उनले अधुरा कामलाई पुर्णता दिन र ग्रामीण क्षेत्रका सडक,विस्तार,शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने बाचा सहित पुन मतदाताको घरदैलोमा आएको बताए।

स्थानीयले पनि यो क्षेत्रका समस्यालाई राष्ट्रिय स्तरमा दरिलो रुपमा उभ्याउन सक्न्ने सक्षम उम्मेदवार भएकाले आफुहरु विश्वस्त रहेको बताए।

प्रकाशित: २०८२ फाल्गुण ११ गते सोमबार ०४:०९
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना