२०८३ कार्तिक ११ गते मङ्गलबार

साम्बालाई भएको के हो? उपचारमा कति पैसा चाहिन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
485981367_1060290379253936_1067873089414796159_n

काठमाडौँ:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन्। सोमबार सामाजिक सञ्जालमार्फत् उनले सहयोगको अपिल गरेकी छन्।

साम्बाको अघिल्लो एसीएल शल्यक्रियामा राखिएको ग्राफ्ट तथा एमसीएल दुवैमा गम्भीर चोट लागेको छ, जसका लागि जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छन्।

साम्बाका अनुसार यसअघि चोट लाग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचार व्यवस्थापन सहज भएको थियो, जसले उनलाई समयमै मैदान फर्किन मद्दत गरेको थियो। तर यसपटक सरकार र एन्फाबाट अपेक्षित आर्थिक प्रशासनिक सहयोग नपाएको गुनासो उनको छ।जसकारण उपचार प्रक्रिया ढिलाइ भएको उनको भनाइ छ। एन्फाले नगद ३,४४१ अमेरिकी डलर (नेपाली ५ लाख रुपैयाँ) मात्रै सहयोग गर्ने जानकारी दिएको उनको भनाइ छ।

‘चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो। तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दापनि वहाँहरूलाई सम्पर्क गर्न कठिन भयो। अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो। एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले भनेकी छन्।

नेपाललाई ऐतिहासिक जित दिलाएकी साम्बाले एन्फा र सरकारबाट सहयोग नपाएको गुनासो गर्दै सर्वसाधारणसँग सहयोगको याचना गरेकी हुन्। साम्बाले नेपाली फुटबललाई युरोपियन लिग हुँदै अस्ट्रेलियाको निन्जा ए–लिगसम्म पुर्‍याएकी थिइन्। गत नोभेम्बरमा उनले घरेलु मैदानमा भारतविरुद्धको खेलमा बराबरी गोल गर्दै हार्नै लागेको नेपाललाई जित दिलाएकी थिइन्। नेपाली महिला राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता समेत रहेकी साम्बाले सामाजिक सञ्जालमा सहयोग प्राप्त नभएको अभिव्यक्ति दिएपछि एन्फाले विज्ञप्ति जारी गर्दै उपचारका लागि सहजीकरण भैरहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एन्फाले साम्बाको सम्बन्धित क्लबसँग पत्रचार गरी उनको उपचारको बारेमा भएका सम्झौताबारे अध्ययन र छलफल गरी उपचारमा कुनै कमी नआउनेगरी हरसम्भव प्रयास तथा पहल गर्ने जानकारी गराउदछौँ। राष्ट्रिय टोलीको कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउन प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ।’

एन्फाले विगतमा राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्योहोरेको र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेको पनि एन्फाले जनाएको छ।

यता साम्बाको उपचारका लागि विभिन्न व्यक्ति र संस्थाबाट सहयोग जुटिरहेको छ। साम्बाले सामाजिक सञ्जालमा राखेको क्युआरमा मानिसहरूले स्वस्फूर्तरूपमा सहयोग गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा राखेको वेबसाइटमार्फत मंगलबार दिउँसो १२:४५ बजेसम्म ४८ हजार १६३ डलर (६९ लाख ९९ हजार नेपाली रूपैयाँ सहयोग जुटेको छ। यस्तै नेपाली कांग्रेसले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। काठमाडौँ मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै साम्बाले चाहेको खण्डमा उनको नि:शुल्क उपचार गर्ने बताएको छ।

अन्य व्यक्ति र संस्थाहरूले पनि सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन्।

साम्बालाई भएको के हो?
२०७७ फागुनमा भएको राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको थियो। एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको थियो। त्यसपछि एन्फाको सहयोगमा कतारको अस्पेटार अस्पतालमा उनको उपचार भएको थियो।

एसीएलमा शल्यक्रिया गरेर ग्राफ्ट र एमसिएल हालिएको थियो। अहिले शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेकाले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने भएको हो।

साम्बा हाल देशबाहिर छिन्। पछिल्लो ७ हप्तादेखि उनी चोटकै कारण मैदानबाहिर रहेकी छन्। समयमै शल्यक्रिया गरेको भए अहिले फिजियो सुरु भैसक्ने उनको भनाइ छ।

उनले चोट गम्भीर रहेकाले यसपटक पनि पहिले शल्यक्रिया गरिएकै कतारको अस्पेटारमा उपचार गर्ने इच्छा जनाएकी छन्। यसका लागि क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि ठूलो रकम जरूरी हुने बताएकी छन्।

कति लाग्छ उपचार खर्च?
साम्बाले उपचार खर्च करिब ८० हजार अमेरिकी डलर (नेपाली एक करोड १५ लाख रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान रहेको बताएकी छन्। तर शल्यक्रियामा त्योभन्दा बढी रकम लाग्नसक्ने अनुमान गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले शल्यक्रियासहित उपचारमा एक लाखदेखि एक लाख २५ हजार डलरसम्म लाग्ने बताए। अपरेसनपछि रिह्याब, दैनिक फिजियो थेरापी र एक्ससाइज गर्नुपर्ने हुन्छ।  रिह्याब, फिजियो थेरापी र एक्ससाइजलगायत गरेर कुल तीन लाख डलरभन्दा बढी खर्च हुनसक्ने फुयाँलले बताए। त्यो भनेको नेपाली रकम चार करोड ३५ लाख रुपैयाँ भन्दा बढी हो।
प्रकाशित: २०८२ फाल्गुण १२ गते मङ्गलबार ०१:०९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना