२०८३ कार्तिक १४ गते शुक्रबार

‘फेक रेस्क्यु’मा संलग्न दुई जना पक्राउ,कसरी ठगिन्थ्यो विदेशी पर्यटकलाई?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
rescue

काठमाडौँ: प्रहरीले फेक रेस्क्युमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा भइरहेको ‘फेक रेस्क्यु’ प्रकरणमा संलग्न विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो।

तिवारी मंगलबार र सिंह बुधबार बिहान पक्राउ परेका हुन्। २८ वर्षे तिवारी ज्वालामुखी गाउँपालिका–२ र ५६ वर्षे सिंह काठमाडौं महानगरपालिका–३१ का हुन्।

यससँगै हालसम्म यस प्रकरणमा पक्राउ पर्ने संख्या ९ पुगेको छ। पक्राउ पर्नेमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका सेयरधनी सञ्चालकलगायत छन्।

प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा संगठित अपराध निवारण ऐन अनुसार अनुसन्धान गरिरहेको छ।

के हो फेक रेस्क्यु? 

फेक रेस्क्युको धन्दा नयाँ हैन। पदयात्रा र हिमाल आरोहणमा जाने विदेशी पर्यटकको उद्धारका नाममा वर्षौँदेखि मौलाउँदै आएको ‘फेक रेस्क्यु’बारे विभिन्न गुनासो र उजुरी परेका थिए।

२०१८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका लागि एनाबेल सिमिङ्टनले एउटा खोज रिपोर्ट नै प्रकाशित भएको थियो।

उक्त रिपोर्टमा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई पदयात्रा र हिमाल आरोहणका क्रममा आवश्यक नै नभएको अवस्थामा अत्यन्तै महँगो हेलिकोप्टरमार्फत उद्धार गर्ने, बीमा रकमबाट फाइदा लिने गरिएको दाबी गरिएको थियो।

पर्यटन व्यवसायी र पर्यटकहरूको गुनासोबीच अन्तर्राष्ट्रिय समाचार माध्यममै समाचार प्रकाशित भएपछि सरकारले २०७५ जेठ २१ पर्यटन मन्त्रालया सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा हेलिकप्टर उद्धार तथा बीमा ठगीसम्बन्धी तथ्य अध्ययन गर्न समिति गठन गरेको थियो। उक्त समितिले ‘फेक रेस्क्युस’ गराएर ट्रेकिङ र उद्धार एजेन्सीले बीमा कम्पनीबाट ठूलो रकम ठग्ने  ठग्ने गरेको निष्कर्षसहित त्यस्ता कम्पनी र समूहविरुद्ध संगठित अपराध र ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

उक्त समितिले १० हेलिकोप्टर कम्पनी, ६ अस्पताल र ३५ ट्रेकिङ तथा उद्धार एजेन्सीमाथि छानबिन गरी कारबाहीका लागि सिफारिस गरेको थियो।

तर त्यसवेला समितिको प्रतिवेदन सिफारिसअनुसार न त अनुसन्धान नै अघि बढ्यो, न कारबाही नै भयो। लामो समय उक्त घटना पहुँचवाला हेलिकप्टर कम्पनी र अस्पताल सञ्चालकहरूको चलखेलमा सामसुम पारिएको थियो।

तर अनुसन्धान अघि बढ्न सकेको थिएन। गत मंसिरपछि मात्रै सीआईबीले फेक रेस्क्युको फाइल खोलेर अनुसन्धान अघि बढाएको थियो। नक्कली उद्धारसँग जोडिएका वित्तीय गतिविधि पहिचान गर्न छुट्टै युनिट र कार्यदल परिचालन गरिएको थियो। उक्त टोलीले नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी बैंकिङ कारोबारको विस्तृत विश्लेषण गरेको थियो।

यसक्रममा माघमा पर्यटकको उद्धारको नाममा ठगी गर्ने माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र प्रबन्धक सुभाष केसी र श्रीधि इन्टरनेसनल हस्पिटल, लाजिम्पाटका डा. गीर्वाणराज तिमिल्सनालाई पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा ‘माउन्टेन रेस्क्यु सर्भिस’ नामक संस्थासँग सम्बन्धित १ हजार २४८ कारोबारमध्ये १७१ वटा लेनदेन शंकास्पद देखिएको सीआईबीको भनाइ छ। यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा कारोबारमा अनियमितताको संकेत फेला परेको थियो।

कसरी ठगिन्थ्यो विदेशी पर्यटकलाई?
नेपालको हिमाली क्षेत्रमा पदयात्रा वा आरोहणका क्रममा हाई अल्टिच्युड सिकनेस, चोटपटक वा अन्य स्वास्थ्य समस्या आउन सक्छ। यस्ता अवस्थामा हेलिकप्टर उद्धार वैध र आवश्यक हुन्छ। तर सीआईबीले गरेको अनुसन्धानका क्रममा  सामान्य स्वास्थ्य समस्या हुँदा पनि ‘गम्भीर अवस्था’ देखाएर, पर्यटकलाई जानाजानी बिरामी पारेर रेस्क्यु, अस्पताल र बीमा दाबी प्रक्रिया योजनाबद्ध रूपमा मिलाइने गरेको पाइएको थियो।

विदेशी पर्यटकहरू प्रायः ट्राभल इन्सुरेन्ससहित नेपाल आउने भएकाले हेलिकप्टर खर्च (हजारौँ डलर), अस्पताल उपचार खर्च र अन्य सेवा शुल्कका नाममा ठगी हुने गरेको अनुसन्धानका क्रममा देखिएको सीआईबीको भनाइ छ।

CIB-PRESSMEET-Nepal-photo-library-06-1769353436.JPG

पवर्तारोहण र ट्रेकिङको क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आईपर्दा पर्यटकहरूलाई  गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा रेस्क्यू फ्लाइट प्रयोग हुने गर्दछ। तर ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्टको मिलेमतोमा नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या परेको भन्दै विदेशी पर्यटकहरूको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ लिने गरेको पाइएको प्रहरीको भनाइ छ।

प्रहरीको अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालि लगायत कम्पनीहरूले उद्धार कार्यसँग सम्बन्धित आधिकारिक अभिलेखमा हेरफेर गर्ने गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका उडानसम्बन्धी अभिलेखमा उल्लेखित यात्रु विवरण (प्यासेन्जर म्यानिफेस्ट) र कार्गो विवरण (कार्गो म्यानिफेस्ट) मा थपघट गरी फरक विवरण तयार पारिन्थ्यो। त्यसकै आधारमा उद्धार उडानको बिल (इनभ्वाइस) कृत्रिम रूपमा बनाइन्थ्यो।

उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई बीमा पोलिसीमा उल्लेख भएको शर्तअनुसार काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरिएको देखाइन्थ्यो। त्यसका लागि भर्ना तथा डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट र उपचार बिलसमेतका कागजात तयार पारेर वा तयार गराइ उपचार खर्च अस्वाभाविक रूपमा बढाइन्थ्यो।

त्यसपछि उद्धार र उपचार खर्चको नाममा विदेशी बीमा कम्पनीसँग रकम दाबी गरिन्थ्यो। यसरी रेस्क्यु कम्पनी, ट्रेकिङ एजेन्सी, अस्पताल, विदेशी बीमाका नेपालस्थित स्थानीय एजेन्ट तथा हेलिकप्टर कम्पनीबीच मिलेमतोमा बीमा रकम असुली गरी आर्थिक लाभ लिने गरेको देखिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २०८२ फाल्गुण १३ गते बुधबार ०१:४१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना