२०८३ कार्तिक २३ गते आईतबार

लगानी बढाउँदै शेर्पा हस्पिटालिटी, दुई अर्ब ६० करोडमा लैनचौरमा पाँचतारे ‘ले शेर्पा होटल’ ल्याउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
hotel

काठमाडौँ: राजधानीमा अर्बौँ रूपैयाँ निजी लगानीमा पाँचतारे होटल खुल्ने क्रम बढ्दो छ। पछिल्लो समय ठमेल तथा लैनचौर क्षेत्रमा होटल निर्माण तीव्र गतिमा बढिरहेको पाइन्छ। विश्वप्रख्यात होटल चेनहरू सेराटन, मेरियट तथा अलफ्टजस्ता ब्रान्डहरू यही क्षेत्रमा आइसकेका छन्।

यही बेला शेर्पा हस्पिटालिटी ग्रुपले राजधानीको लैनचौरमा पाँचतारे स्तरको ले शेर्पा होटल निर्माण गरिरहेको छ। होटलको हालसम्म ६२ प्रतिशत वित्तीय प्रगति भएको छ। कुल ११० कोठा हुने होटल बनाउन दुई अर्ब ६० करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। एक अर्ब ७५ करोड रुपैयाँ बैंकबाट ऋण लिइएको छ। बाँकी लगानी संस्थापकको स्वपुँजी (इक्विट) हुने होटलले जनाएको छ।

निर्माणाधीन होटलमा रेस्टुरेन्ट, स्विमिङ पूल, सम्मेलन हल, बैंक्वेट हल, स्पा, क्यासिनोलगायत धेरै आधुनिक सुविधाहरू उपलब्ध हुने भएको छ। स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै बनाउन लागिएको होटल ले शेर्पा १० तलाको हुनेछ। शेर्पा हस्पिटालिटी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह हो। समूहलले नेपालभरी विभिन्न स्थानहरूमा ३० भन्दा बढी विभिन्न स्तरका होटलहरू सञ्चालन गरिरहेको छ।

निर्माणाधीन होटल काठमाडौँको लैनचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोमिटरको दूरीमा छ। काठमाडौँमा पर्यटकको आगमन उच्च छ। उडानमार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूको प्रवेश बिन्दु हो। नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यहरू मध्ये एक हो जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरू भ्रमण गर्छन्।

समूहले यती एयरलाइन्स र तारा एयर सञ्चालन गरिरहेको छ। यतीको कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा हुन्। उनी थामसेर्कु ट्रेकिङका प्रबन्ध निर्देशक र पासङ ल्हामु पर्वतारोहण फाउन्डेसनका प्रथम उपाध्यक्ष छन्। उनी मुस्ताङ माउन्टेन होम लिमिटेड र गोकर्ण फरेस्ट रिसोर्टका सञ्चालक पनि हुन्।

यस्तै सञ्चालक चन्द्र शेर्पा उड्डयन र पर्यटन व्यवसायमा चार दशकभन्दा बढी अनुभव छ। उनी यती एयरलाइन्सका प्रबन्ध निर्देशक र यती एडभेन्चरका अध्यक्ष पनि हुन्। ले शेर्पा होटल सन् २०१४ मा स्थापना भएको थियो।

नेपालको होटल उद्योगमा अधिक प्रतिस्पर्धा छ। विभिन्न क्षेत्रहरूमा ठूलो संख्याको उपस्थितिले प्रतिस्पर्धा झनै बढाएको छ। होटल उद्योगमा व्यवसाय स्तर, आम्दानी, घरेलु र विश्वव्यापी बजार दुवैमा समष्टिगत आर्थिक प्रवृत्तिहरूको लागि संवेदनशील छ।

होटल परियोजनाको समय लामो हुन्छ। किनकि प्रिमियम होटल निर्माण गर्न तीनदेखि चार वर्ष लाग्छ।

प्रकाशित: २०८२ फाल्गुण १५ गते शुक्रबार ०४:२९
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना