काठमाडौं। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपलिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडी फागुन १८ गते कार दुर्घटना भएको छ।
नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको उक्त कार सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको हो। सो कारमा सवार ५ जनामध्ये ४ जना घाईतेका भएका छन्।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको। उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुरतर्फ पठाईएको सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।


