काठमाडौँ: टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन्। २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ।
यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ।
फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन्। तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ।


