२०८३ कार्तिक १४ गते शुक्रबार

‘बालेन वेग’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २४
IMG-20260301-WA0294

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन्।

बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका छन् भने ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ। जेनजी आन्दोलन पश्चात् नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकता दिएर समाचारहरू सम्प्रेषण गरिरहेका छन्। सोही प्राथमिकताको केन्द्रमा छन् प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन।

बेलायती समाचार एजेन्सी रोयर्टसले ‘नयाँ शैलीको चुनावी अभियानः बालेन शाहलाई सत्ताको नजिक पुर्‍याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी’ शीर्षकमा समाचार छापेको छ। रास्वपाको चुनावी शैली र बालेनको जितलाई रोयर्टसले पारम्परिक राजनीतिमाथि चुनौतीका रूपमा विश्लेषण गरेको छ।

युवा केन्द्रित रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग र विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगका कारण यो अभियानले देशभर चर्चा पाएको उल्लेख छ। रोयर्टसका अनुसार रास्वपाको चुनावी अभियानको केन्द्रमा ‘रिसर्च, स्ट्राटेजी एण्ड डकुमेन्टेशन विभाग’ रहेको थियो। ११ सदस्यीय बोर्डले सञ्चालन गर्ने यस विभागअन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर काम गरिरहेका थिए। उनीहरूले चुनावी रणनीति बनाउने, सभा–र्‍याली आयोजना गर्ने, अनलाइन सामग्री तयार पार्ने र देशभरबाट आउने प्रतिक्रिया संकलन गर्ने काम गरेका थिए।

‘शाहले चुनावी अभियानका क्रममा प्रत्येक आठ दिनमा एउटा मुख्य सम्बोधन गर्ने रणनीति अपनाएका थिए। यसले एउटा भाषणलाई सामाजिक सञ्जालमा फैलिन पर्याप्त समय मिल्ने भएकाले सन्देश स्पष्ट र प्रभावकारी बनेको पार्टीका एक अधिकारीले बताएका छन्,’ रोयर्टसले लेखेको छ। ‘पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले ती भाषण र कार्यक्रमहरूलाई देशभर फैलाउने काम गरेको थियो।’

बीबीसी विश्वसेवाले भने बालेनलाई राजनेताको रूपमा चित्रण गरेको छ। ओलीसँगको जितपछि बीबीसीले ‘र्‍यापर–राजनेता बालेन्द्र शाह नेपालका आगामी प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढ्दै’ शीर्षकमा मुख्य समाचार लेखेको छ। बालेनले चुनावी अभियानका क्रममा गाडीको सनरुफबाट माथि निस्केर आफ्ना समर्थकहरूसँग हात मिलाएको फोटो समेत छाप्दै यसपटकको निर्वाचनले नेपालको राजनीतिक दिशामै ठूलो परिवर्तन ल्याएको उल्लेख गरेको छ।

सामान्यतया सञ्चारमाध्यमबाट टाढा रहने बालेन शाहले चुनावी अभियानका क्रममा फाइनान्सियल टाइम्ससँग ‘म सम्पूर्ण नेपालका लागि उम्मेदवार हुँ।’ भनेर कुनै एक निर्वाचन क्षेत्रभन्दा पनि सम्पूर्ण नेपालको प्रतिनिधित्व लिन खोजेको बीबीसीले बताएको छ। यसपटकको निर्वाचनले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने सम्भावना बढाएको बारेमा बीबीसीले इंगित गरेको छ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले ‘केपी शर्मा ओलीलाई आफ्नै क्षेत्रमा पराजित गर्दै बालेन शाह विजयी, नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारी’ शीर्षकमा समाचार छापेको छ। गत बिहीबार सम्पन्न निर्वाचन र त्यसपछिका परिणामलाई रोयर्टसले पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा विश्लेषण गरेको छ।

भारतको समाचार एजेन्सी एएनआईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जितको अवसरमा बालेन शाहलाई बधाई दिएको समाचारलाई प्राथमिकताका साथ छापेको छ। ओलीसँगको ठूलो मतान्तरसहितको जितसँगै बालेन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रवेश गरेको उल्लेख गर्दै शाह अब प्रधानमन्त्री बन्ने लगभग सुनिश्चित भएको एएनआईले लेखेको छ।

रास्वपाका नेताहरूले बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरेको उल्लेख गरिएको छ। र्‍याप गायकबाट राजनीतिमा प्रवेश गरेका उनी युवामुखी नेतृत्व, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका कारण देशभर ठूलो समर्थन पाएका छन् र उनको यो जित नेपाली राजनीतिमा नयाँ पुस्ताको उदयको संकेतका रूपमा हेरिएको एएनआईले लेखेको छ।

यस्तै, एशोसियट प्रेस (एपी) ले बालेन शाहको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रूपमा चित्रण गरेको छ। ओलीभन्दा झण्डै चार गुणा बढी मत प्राप्त गर्दै ठूलो अन्तरले विजय हासिल गरेका शाहको उदय परम्परागत राजनीतिक दलप्रति बढ्दो जनआक्रोशको लहरका रूपमा समेत व्याख्या गरेको छ।

प्रकाशित: २०८२ फाल्गुण २४ गते आईतबार ११:०८
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना