काठमाडौँ: नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गग्लिएल्मो एरेनाले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ४९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डो अन्तर्गतको खेल आगामी चैत १२ मा दशरथ रंगशालामा हुँदैछ। हङकङसँग नेपाली टोली तेस्रोपल्ट भिड्न लागेका हुन्। यसअघि भएका दुवै खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रारम्भिक टोलीमा को को?
प्रारम्भिक टोलीमा अविशेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आविस्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दिप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन रहेका छन्।
दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, लाकेन लिम्बु, मनि लामा, मनिष डाँगी, किरण चेम्जोङ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, मिलन लामा, नवयुग श्रेष्ठ, ओसेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबु कुमार शा समावेश छन्।
सकल रेग्मी, शंकर थारु, सृजन राज गौतम, रोहन कार्की, सनिस श्रेष्ठ, सरज तामाङ, रोहित चन्द, रोमन भुजेल, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ, युवराज खड्का रहेका छन्।


