२०८३ कार्तिक २३ गते आईतबार

डेडिकेटेड–ट्रंकलाइन विवाद: महसुल उठाउने बाटो खुल्यो, उद्योगीको मागदावी नपुग्ने आयोगको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
trunk_dedicated

काठमाडौँ: लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबिच पेचिलो बन्दै आएको डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा विद्युत् नियमन आयोगले महशुल उठाउने बाटो खोलेको छ। आयोगले पञ्चकन्या समूहका दुई उद्योगहरू—पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले प्रिमियम शुल्कविरुद्ध दिएको उजुरीमा दाबी नपुग्ने भन्दै खारेज गरिदिएको हो।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहितको पाँच सदस्यीय इजलासले आइतबार दुवै पक्षको बहस सुनेपछि यस्तो निर्णय गरेको हो। आयोगको यो निर्णयसँगै प्राधिकरणलाई ती उद्योगहरूबाट बक्यौता महसुल असुल गर्ने कानुनी बाटो पूर्ण रूपमा खुलेको छ।

लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनमार्फत निरन्तर विद्युत् उपभोग गरेका उद्योगीहरूले थप प्रिमियम शुल्क तिर्न अस्वीकार गर्दै आएका थिए। प्राधिकरणले गत कात्तिकमा २१ दिने अल्टिमेटम दिएर महसुल नतिर्ने उद्योगको लाइन काटिदिएपछि विवाद उत्कर्षमा पुगेको थियो। पञ्चकन्या समूहका यी दुई उद्योगले प्राधिकरणको निर्णय अन्यायपूर्ण रहेको र आफूहरूलाई क्षतिपूर्ति दिलाउनुपर्ने मागसहित आयोगमा पुनरावलोकन निवेदन दिएका थिए।

सुनुवाइका क्रममा उद्योगीहरूले पेस गरेका प्रमाण र तर्कहरू पर्याप्त नभएको आयोगले निष्कर्ष निकालेको छ। अध्यक्ष डा. धितालका अनुसार प्राधिकरणले प्रचलित नियम र कानुनकै परिधिमा रहेर महसुल निर्धारण गरेको र तोकिएको समयमा भुक्तानी नभएपछि गरिएको कारबाही कानुनसम्मत देखिएको छ। आयोगले उद्योगीहरूको दाबी पुष्टि हुन नसकेको भन्दै उनीहरूको पक्षमा निर्णय गर्न नसकिने स्पष्ट पारेको छ।

प्राधिकरणको तथ्यांकअनुसार पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार र पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रुपैयाँ बक्यौता रहेको छ। यसअघि नै उक्त रकम २८ किस्तामा बुझाउने सहमति भएबमोजिम उद्योगहरूले पहिलो किस्ता तिरिसकेका छन्।

पहिलो किस्ताबापत पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिल इन्डस्ट्रिजले १ लाख ८६ हजार ४०५ रुपैयाँ बुझाइसकेका छन्। लाइन पुन: जडानका लागि पहिलो किस्ता तिरे पनि उनीहरूले बाँकी रकम मिनाहाको माग गर्दै आयोगमा उजुरी दिएका थिए।

अदालत जाने विकल्प
नियमनकारी निकायका रूपमा रहेको आयोगले गरेको यो निर्णय अन्तिम भने होइन। यदि आयोगको फैसलामा चित्त नबुझेमा उद्योगीहरूलाई अब न्यायका लागि अदालत जाने ढोका खुला भएको छ।

आयोगले डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी अन्य उद्योगका उजुरीहरूमा पनि क्रमिक रूपमा सुनुवाइ गरिरहेको छ। प्रचलित नियम, कानुन र विगतका नजिरहरूलाई आधार मानेर यस्ता विवाद निरुपण गर्दै जाने आयोगको तयारी छ। आइतबारको सुनुवाइमा उद्योगका तर्फबाट कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २०८२ चैत २ गते सोमबार १२:०७
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना