२०८३ कार्तिक १४ गते शुक्रबार

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ बैंकिङ कसूरमा पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
yogendra

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ। उनलाई आइतबार काठमाडौँ महानगरपालिका–नजिकैको नागार्जुन नगरपालिका–५, सितापाइलाबाट पक्राउ गरिएको हो।

सीआईबीका अनुसार श्रेष्ठले उक्त फाइनान्स कम्पनीमा कार्यरत रहँदा अनियमित तथा गैरकानुनी तवरले निक्षेपकर्ता र संस्थाको हितविपरीत काम गर्दै करोडौँ रुपैयाँ हिनामिना गरेका थिए। उनी बैंकिङ कसूरमा संलग्न रहेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

श्रेष्ठविरुद्ध दुई फरक मुद्दामा अदालतबाट सजाय सुनाइएको थियो। जसअनुसार उनलाई १९ करोड ४६ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद तथा अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय तोकिएको छ। यसरी कुल २२ करोड ६७ लाखभन्दा बढी जरिवाना र ६ वर्ष कैद सजाय हुने फैसला भएको छ।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते उनलाई उक्त सजाय सुनाएको थियो। सो फैसला कार्यान्वयनका लागि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।

उनीविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय संस्था सुपरिवेक्षण विभागको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजी दुरुपयोग गरी व्यक्तिगत प्रयोजनमा खर्च गरिएको पुष्टि भएको थियो।

१४ वर्षको संकटपछि समाधानको मोडमा नेपाल शेयर मार्केट एण्ड फाइनान्स, मर्जर अन्तिम विकल्प

२०६८ सालदेखि समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड अझै पूर्ण रूपमा सुधार हुन सकेको छैन। झण्डै १४ वर्षदेखि पुनर्स्थापनाको प्रयास भइरहेको यस संस्थालाई अहिले मर्जरमार्फत समाधान गर्ने रणनीति अघि सारिएको छ।

राष्ट्र बैंकले संस्थाको व्यवस्थापन सुधार गर्न नयाँ प्रतिनिधिका रूपमा प्रकाश घिमिरेलाई खटाएको छ। यसअघि नियुक्त प्रतिनिधिहरू स्वास्थ्य समस्याका कारण हटेपछि घिमिरेले पुस दोस्रो सातादेखि जिम्मेवारी सम्हालिरहेका छन्।

हाल कम्पनी अत्यन्त सीमित जनशक्तिबाट सञ्चालन भइरहेको छ भने यसको व्यवस्थापन संरचना कमजोर, कारोबार लगभग ठप्प र कानुनी विवाद लम्बिँदै गएको छ। विशेषगरी सेयर पुँजी घटाउने निर्णयविरुद्ध परेको मुद्दालगायत कारण पुनःसंरचना प्रक्रिया प्रभावित भएको छ।

राष्ट्र बैंककाअनुसार संस्थाको वित्तीय अवस्था अत्यन्त नाजुक छ। कुल कर्जामध्ये करिब ९८.५२ प्रतिशत खराब कर्जा रहेको छ, जसले संस्थाको जोखिम अवस्था स्पष्ट देखाउँछ। फाइनान्सको चुक्ता पुँजी २४ करोड रुपैयाँ मात्र रहेको छ।

नेपाल शेयर मार्केट्स अब निर्णायक चरणमा पुगेको छ। मर्जर प्रक्रिया सफल भए संस्थाले नयाँ जीवन पाउन सक्नेछ भने असफल भए खारेजीको विकल्पमा जानुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार विगतमा आक्रामक रूपमा कर्जा विस्तार र कमजोर जोखिम व्यवस्थापनका कारण संस्थामा समस्या गहिरिँदै गएको हो। हालको अवस्थामा मर्जर नै सबैभन्दा उपयुक्त समाधानको रूपमा हेरिएको छ।

प्रकाशित: २०८२ चैत २ गते सोमबार ०१:१३
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना