२०८३ कार्तिक १४ गते शुक्रबार

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
Coke_momofomo IMG

काठमाडौँ: कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ। कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो। जसले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो। मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ।

यस अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो। जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ। सहरका चर्चित रेस्टुरेन्टदेखि लिएर टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीहरूसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउने लगायतका अनौठा कथाहरू पनि प्रस्तुत गरिनेछ।

नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको छ। साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनोट हो। यस अभियानले यही दैनिक अनुभवलाई उत्सवको रूपमा प्रस्तुत गर्दै कोकाकोलाको चिसो स्वादले मोमो खाने क्षण अझ रमाइलो बनाउने कुरा देखाउन खोजेको छ।

यस अभियानअन्तर्गत देशभरका उपभोक्ताहरूले पनि सहभागी हुने अवसर पाउनेछन्। अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसहरूले आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्याङ्कन गर्न र आफ्ना मोमो खाँदाका अनुभवहरू व्यक्त गर्न सक्नेछन्। सहभागीहरूले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ।

यो अभियानमा नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी छन्। ‘मोमो फोमो’ ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ।

यस अभियानमार्फत कोकाकोलाले स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसहरूलाई एकअर्कासँग जोड्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रकाशित: २०८२ चैत २ गते सोमबार ०३:२६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना