२०८३ कार्तिक १४ गते शुक्रबार

अचार बेचेर चलाउँदै घरव्यवहार, आम्दानी राम्रो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
achar

दाङ: लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो। उनी अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएकी छिन्। यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनी बताउँछिन्। आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उनको भनाइ छ।

उनी तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त छिन्। अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उनले बताइन्। ‘सबैभन्दा आँपको अचार बिक्री हुन्छ’, उनले भनिन्, ‘यस व्यसायबाट मासिक रु २५ हजार बढी आम्दानी गर्दै आएको छु।’ सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउछिन्।

उनले भनिन्, ‘अचारअनुसार किलोलाई रु २५० देखि ५०० सम्म बिक्री गर्दै आएको छु।’ आफूले अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएरसमेत जाने गरेको उनको अनुभव छ।

धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या हुने उनी बताउँछिन्। उमेरले ४० वर्ष पुगेकी उनलाई परिवारको राम्रो साथ मिलेको छ। उनी पूर्व मुक्तकम्लरीसमेत हुन्। आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उनले बताइन्। लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गरेकाे अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उनी बताउछिन्।

महिला उद्यमीको सीपलाई स्थानीय सरकारले पनि उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न आवश्यक रहेको उनले बताइन् अन्य महिलाले व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीले बताइन्।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उनको भनाइ छ। आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई उनको सुझाव छ। ‘हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन्। पछिल्लो समय मेला महोत्सवमा ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ।

प्रकाशित: २०८२ चैत ३ गते मङ्गलबार ११:२०
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना