दिक्तेल: खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ बालावेसीमा दुर्घटना भएको हो।
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार एयर डाइनेस्टीको ‘९-एनएफक्यू’ हेलिकप्टर अवतरण गर्ने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना रहेकोमा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताएका छन्। उनकाअनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएकोमा उनलाई अर्को हेलिकोप्टरमा उपचारका लागि काठमाडौँ लगिएको छ।


