शुक्रबार बिहान पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका- १६ भन्सार मेनगेट बाट सिमा सुरक्षा गुल्म वीरगञ्जले सोही महानगरपालिका -१७ बस्ने ५० बर्षका विनयशंकर साहलाइ नियन्त्रणमा लिएको हो। भारत बाट बिआर ०५ बिके ८६०३ नम्बरको मोटर्साइकलमा आउंदै गरेका उनलाइ सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र प्लास्टिकमा प्याक गरेर ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिइएको हो।
उनको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतिय ६ सय रुपैयाँ समेर बरामद भएको छ। नियन्त्रणमा लिइएका ब्यक्तिलाइ सामान र नगद सहित भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।


