२०८३ कार्तिक १४ गते शुक्रबार

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ६
buses (1)

काठमाडौँ: सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँ बसपार्क) निर्माण गरेको छ। ठुलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन्।

सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि नयाँबसपार्क बाहिरै पार्किङ बनाएर सञ्चालन हुँदै आएका हुन्।

काठमाडौँ महानगरपालिकाले वि.सं. २०८० जेठ १९ गते एक सूचना प्रकाशित गरी काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि सोही वर्षको असार १ गतेदेखि नयाँबसपार्क बाहिरबाट सञ्चालन हुँदै आएका सम्पूर्ण यात्रुवाहक सवारीसाधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयसँगै केही सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थाले पनि केही सार्वजनिक सवारीसाधन भने हालसम्म पनि नयाँबसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन्। मधेस–प्रदेश, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, मकवानपुरलगायत स्थानमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुँदैनन्।

मधेस प्रदेशका अधिकाशं जिल्लामा जाने सवारीसाधन पशुपति, गौशाला, चावहिल र धोविखोला करिडोरबाट सञ्चालन हुन्छन्। दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप सञ्चालन हुने सवारीसाधन कोटेश्वरमा अस्थायी बसपार्क बनाएर सञ्चालन हुँदै आएको छ। यस्तै, रसुवा, नुवाकोट, धादिङ चल्ने सवारीसाधन माछापोखरी सडक र मकवानपुर चल्ने सवारीसाधन बल्खुबाट सञ्चालन हुँदै आएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम नारायणी पश्चिमका सबै सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन हुँदै आए पनि नारायणी पूर्व र छोटो दूरीका सवारीसाधनले भने निर्णय पालना गर्न नसकेको बताउँछन्।

‘काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहसहित यातायात व्यवसायी, ट्राफिक प्रहरी, लोत्से बहुउदेश्यीय प्रालिका प्रतिनिधि बसेर सबै सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय भएको थियो, उक्त निर्णय कार्यान्वयनमा समस्या भएको छ’, उनले भने।

गौतम यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण निर्णय कार्यान्वयनमा समस्या परेकाले ट्राफिक प्रहरी र महानगरले ट्राफिक व्यवस्थापनका लागि निर्णय कार्यान्वयन गराउनुपर्ने र व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए।

महासचिव गौतमले भने, ‘सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरूलाई कुनै समस्या छैन। सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन नहुँदा स्थानीय सवारीसाधनलाई समेत असर परेको छ। यस विषयमा सबै गम्भीर बन्नुपर्छ।’

ट्राफिक प्रहरीले गत मङ्सिर १८ गते काठमाडौँ उपत्यकामा हुने जाम व्यवस्थापन गर्न लामो दूरीका दिवा तथा रात्रिकालीन सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कबाट सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी नयाँबसपार्कभित्र जान नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताउँछन्। ‘लामो दूरीका दिवा तथा रात्रिबस नयाँबसपार्कभित्र नजाँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ। ट्राफिक जामलगायत समस्या समाधान गर्न उक्त व्यवस्था गरेका हौँ’, उनले भने।

प्रवक्ता सुवेदीले लामो दूरीका दिवा तथा रात्रिकालीन सवारीसाधनलाई गन्तव्यस्थलसम्म पुगे नपुगेका विषयमा आफूहरूले काठमाडौँ भित्रिने नाकाबाटै निगरानी बढाउँदै आएको र गन्तव्यस्थलसम्म नपुग्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको बताए।

‘बाटो इजाजतअनुसारको गन्तव्यमा नगई जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पुर्‍याउने सवारीसाधनलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन, २०४९ को दफा ७५ अनुसारको कसुर अनुसार कारबाही गरिरहेको छ। उक्त कसुरविपरीत गर्ने सवारीसाधनलाई रु एक हजारदेखि पाँच हजारसम्म कारबाही गरिँदै आएको छ’, उनले भने।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर काठमाडौँभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन महानगर लागिरहेको बताउँछन्। ‘काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेका छौँ’,उनले भने।

प्रवक्ता मानन्धरले चक्रपथ वरपर राखिएका धेरैजसो टिकट काउन्टर हटाइसकिएको र बाँकी काउन्टरलाई पनि चाँडो हटाएर व्यवस्थित महानगर बनाउने लक्ष्य रहेको बताए।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले वि.सं. २०५६ मा लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै १८ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने झण्डै दुई हजार ट्राफिक जनशक्ति कार्यरत छन्। पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ।

प्रकाशित: २०८२ चैत ६ गते शुक्रबार ०५:४७
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना