२०८३ साउन १३ गते बुधबार

“विचित्रको लोकतन्त्र गजबको निर्वाचन” सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ८
book

काठमाडौं। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक विचित्रको लोकतन्त्रः गजबको निर्वाचन सार्वजनिक भएको छ।

परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको यस कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ।

सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखिएको यस पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्य समेटिएको छ।

यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइन, अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो। साथै, भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभास दुवैलाई उजागर गरिएको छ।

लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको संगम बनेको यस कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ। लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक महत्वपूर्ण विचार–यात्रा हो।

यस पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा संघीय संरचनाअनुसारका प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै सार्वजनिक प्रशासनमा उच्चस्तरीय व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन्।

प्रशासनिक प्रणालीका सूक्ष्म विश्लेषक, लोकतन्त्रका अनुभवी अभ्यासकर्ता तथा समाज परिवर्तनका चिन्तकका रूपमा परिचित थपलिया नेपाली भाषा–साहित्यका सशक्त सर्जक पनि हुन्। विचित्रको लोकतन्त्रः गजबको निर्वाचन कृति उनको छैटौं प्रकाशन हो।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ।

प्रकाशित: २०८२ चैत ८ गते आईतबार ०१:५४
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना