२०८३ कार्तिक २३ गते आईतबार

पोखरा विमानस्थलको परामर्श ठेक्कामा भ्रष्टाचार, तत्कालीन सचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ८
akhtiyar

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार गरेको अभियोगमा थप २१ जना उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।

यस प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले भ्रष्टाचारको अभियोगमा उनीहरूसँग बिगो र सजायको मागदाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारको सम्बन्धमा दोस्रो चरणको मुद्दा दायर गरेको हो।

सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी हानी नोक्सानी गरेको आरोप अख्तियारले लगाएको छ।

अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन आयोजना उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन अधिकृत राजाराम चौधरी, अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीका नेपालस्थित परामर्शदाता यमबहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडीविरुद्ध ४६ करोड १५ लाख रुपैयाँ बराबर भ्रष्टाचारको बिगो दाबी गरिएको छ।

यही प्रकरणमा अख्तियारले प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, उपमहानिर्देशक महेन्द्रसिंह रावल, निर्देशक ध्रुवदास भोछिभोया, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत, प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत सबिन फुयाललाई भ्रष्टाचारमा प्रतिबादी बनाएको छ।

विमानस्थलको परामर्श सेवा खरिद ठेक्काका लागि सुरुमा २८ लाख अमेरिकी डलर लागत अनुमान गरिएको थियो। तर, दुई वर्षपछि अर्थात् २०७३ भदौमा मूल्य अभिवृद्धि कर (भ्याट) र कन्टिजेन्सी प्लानसहित लागत अनुमान ५० करोड ३४ लाख कायम गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ।

परामर्शदाता छनोट गर्ने क्रममा ईआरएमसी ए–नट स्यालेट जेभीसँग ४२ करोड ८९ लाख रुपैयाँमा खरिद सम्झौता गरेको छ। यसो गर्दा प्राधिकरणलाई ८ करोड ९५ लाख नोक्सानी भएको अख्तियारको दाबी छ।

मुख्य ठेक्काको मूल्यमा परामर्शका लागि राखिएको २८ लाख डलरमध्ये २७ लाख ९० हजार डलरलाई अर्कै सामान किन्ने भन्दै गैरकानुनी रूपमा खर्च गरिएको दाबी अख्तियारको छ। यो सबै खर्चलाईसमेत अख्तियारले भ्रष्टाचार भनेको छ।

यसअघि मङ्सिर तेस्रो साता अख्तियारले यही विमानस्थलमा भएको भ्रष्टाचारको सम्बन्धमा ५५ व्यक्ति र एउटा निर्माण कम्पनीसहित ५६ जना विरुद्ध मुद्दा चलाएको थियो। जसमा पाँच पूर्वमन्त्री र मन्त्रालयमा सचिवसमेत रहेका थिए।

त्यतिबेला विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको अख्तियारको दाबी गरेको छ।

यस्तो छ अख्तियारको आरोप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना, ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा China Exim Bank को ऋण सहयोगबाट Engineering, Procurement and Construction (EPC) Model मा निर्माण हुनेगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा सुपरीवेक्षण परामर्शदाता (Design Review and Construction Supervision Consultant) आवश्यक पर्ने भनी बोलपत्र आह्वान गर्दाकै बखत स्वीकृत भएको लागत अनुमान र Bidding Document को Price Schedule को Item No.1.2 मा Provisional Sum को रूपमा २८,००,०००.०० अमेरिकी डलर (मू.अ.कर बाहेक) राखेको देखिएको। नेपाल नागरिक उड्‌डयन प्राधिकरण र ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. बीच २२ मे २०१४ मा Engineering, Procurement and Construction (EPC) Model को खरिद सम्झौता हुँदा समेत उक्त Item No.1.2 को लागि Provisional Sum को रूपमा २८,००,०००.०० अमेरिकी डलर (मू.अ.करबाहेक) नै राखेको देखिएको। २१ मार्च २०१६ मा ऋण सम्झौता भई उक्त ऋण सम्झौता ३१ मे २०१७ देखि मात्र Effective हुने भनी दातृ निकायले पत्राचार गरेको देखिँदा सो पश्चात मात्र खरिद सम्झौता समेत Effective भई आधिकारिक रूपमा आयोजना निर्माणको कार्य कार्यान्वयनमा गएको देखिएको। तर सोही खरिद सम्झौताको Price Schedule को Item No.1.2 मा उल्लिखित परामर्शदाता नियुक्तिको लागि Provisional Sum को रूपमा राखिएको २८,००,०००.०० अमेरिकी डलर (मू.अ.कर बाहेक) उक्त शीर्षकमा खर्च नगरी नगराई, साथै सम्झौताको उक्त शीर्षकमा रकम रहेको तथा सोही शीर्षकवाट नै खर्च गर्नुपर्ने भन्ने विषय थाहा जानकारी हुँदा हुँदै बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ र नेपाल नागरिक उड्डयन प्राधिकरण/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले नेपाल नागरिक उड्‌डयन प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट खर्च गर्नेगरी सोही कार्यको लागि आयोजना कार्यान्वयन प्रभावकारी नै नभएको अवस्थामा मिति २०७३/०५/१७ मा रू.५०,३४,४०,६९६।–(मू.अ.कर र कन्टिजेन्सी सहित) को लागत अनुमान स्वीकृत गरी गराई परामर्श सेवाको खरिद प्रक्रिया अगाडि बढाउन निर्णय गरी गराई ७ सेप्टेम्बर २०१६ (मिति २०७३/०५/२२) मा आशयपत्र (Expression of Interest-EoI) माग गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको देखिँदा परामर्शदाता नियुक्ति सम्बन्धी उक्त निर्णय र खरिद प्रक्रियाको सुरूवात नै बदनियतपूर्ण रहेको तथ्य पुष्टि भएको देखिएको।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौता भित्र रहेको कार्य सम्झौताका सर्त र प्रावधान अनुरूप २८,००,०००.०० अमेरिकी डलरबाटै गर्नु/गराउनु पर्नेमा उक्त कार्य सम्झौता बमोजिम नगरी नगराई अस्वभाविक रूपमा बढी लागत अनुमान रू.५०,३४,४०,६९६।–तयार गरी गराई सार्वजनिक सँस्था नेपाल नागरिक उड्‌डयन प्राधिकरणको सम्पत्तिबाट अतिरिक्त तथा दोहोरो बजेट खर्च गराई सो सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले प्राधिकरणको बार्षिक बजेट तथा कार्यक्रम स्वीकृत नभएकै अवस्थामा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१), नियम ४० को उपनियम (२क), नियम ७० को उपनियम (२) र विमानस्थल निर्माणको खरिद सम्झौता विपरीत हुनेगरी राष्ट्रियस्तरको मात्र प्रतिस्पर्धा गराई परामर्श सेवा खरिद प्रक्रिया अगाडि बढाई सोको निरन्तरता स्वरूप परामर्शदाता ERMC/A-not/Slate JV सँग ७ मे २०१८ (मिति २०७५/०१/२४) मा रू.४२,८९,३६,७००।–(मू.अ.कर समेत) सम्झौता रकम कायम गरी खरिद सम्झौता गरे गराएको देखिएको। यसरी EPC Contract Agreement अनुसार २८,००,०००.०० अमेरिकी डलरबाटै परामर्शदाता नियुक्त गर्नुपर्ने र उक्त कार्यको लागि प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने बेहोरा थाहा जानकारी हुँदाहुँदै परामर्शदाता ERMC/A-not/Slate JV लाई बिल नं. १ देखि ७८ सम्मको रू.४०,६८,२६,५६८।५९ (मू.अ.कर सहित) भुक्तानी समेत गरी गराई नेपाल नागरिक उड्डयन प्राधिकरणको थप सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरे गराएको देखिएको।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना Turnkey/Fixed Price/Lump Sum मा आधारित EPC Model मा निर्माण गर्नेगरी सम्झौता भएको देखिएको। Contract Agreement ले नै Scope of Work भित्रका कार्यहरू निर्माण व्यवसायी China CAMC Engineering Co.Ltd. ले Fixed Price/Lump Sum Price मा सम्पन्न गरी Turnkey को रूपमा नेपाल नागरिक उड्‌डयन प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको देखिएको। Contract Agreement मा रहेको Project Description and General Information ले नै “The Contractor shall have complete responsibility to make the airport fully operational without compromising any facilities as a full fledge regional International airport” भनी निर्माण व्यवसायीको दायित्वलाई किटान गरेको छ। सोही Contract Agreement को Price Schedule को Item No.1.2 मा Supervision Consultant को लागि २८,००,०००.०० अमेरिकी डलर लाग्ने भनी किटान गरेको छ। यसरी Supervision Consultant को लागि गर्नुपर्ने खर्चको व्यवस्थापन पनि सोही Contract भित्रैबाट हुनुपर्नेमा सोको विपरीत Supervision Consultant वापतको रकम प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने र जालसाजीपूर्ण रूपमा घुमाउरो बाटो प्रयोग गरी गराई ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. का प्रतिनिधि, परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV का प्रतिनिधि र Employer का प्रतिनिधि (प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयसम्बद्ध राष्ट्रसेवक कर्मचारी) को मिलेमतोमा Contract Agreement मा रहेका सर्त/प्रावधान विपरीतको Updated/Modified Price Schedule तयार गरी गराई परामर्शदाता नियुक्तिको लागि छुट्याएको २८,००,०००.०० अमेरिकी डलर मध्ये २७,९०,०००.०० अमेरिकी डलर निर्माण व्यवसायी कम्पनी China CAMC Engineering Co.Ltd. लाई नै भुक्तानी गर्ने/गराउने प्रपञ्च रचेको तथ्य देखिएको। सोही प्रपञ्च र योजना मुताविक निर्माण व्यवसायी China CAMC Engineering Co.Ltd. ले खरिद सम्झौताको Price Schedule को Item No.1.2 मा उल्लिखित Consultant (International and Domestic as required) to be appointed by the CAAN for the supervision and monitoring the Contractor’s Design, Drawings and Construction works as specified को लागि Provisional Sum को रूपमा राखिएको २८,००,०००.०० अमेरिकी डलरलाई घटाई १०,०००.०० अमेरिकी डलर कायम गर्ने र बाँकी २७,९०,०००.०० अमेरिकी डलर अन्यत्र खर्च गर्ने प्रस्ताव सहित Contract Agreement मा कहिँ कतै पनि Provision नरहेको Updated/Modified Price Schedule तयार गरी स्वीकृतिको लागि नेपाल नागरिक उड्‌डयन प्राधिकरणमा पठाएको देखिएको। ठेकेदार कम्पनी China CAMC Engineering Co.Ltd. ले विमानस्थल निर्माणको क्रममा स्वीकृत Detail Engineering Design अनुसार कायम भएको Quantity को आधारमा Updated/Modified Price Schedule तयार गरेको भने तापनि Engineering Design बाट Quantity घटेको Items मा साविककै (बढी Quantity अनुसारकै बढी) रकम राखी एवं Engineering Design बाट Quantity बढेको Items मा प्रति इकाइ दरले गणना गरी बढी रकम देखाई दोहोरो मापदण्डको आधारमा तयार भएको उक्त Updated/Modified Price Schedule स्वीकृतिको लागि प्राधिकरणलाई अनुरोध गरेकोमा परामर्शदाता ERMC/A-not/Slate JV ले सोलाई सिफारिस गरी प्राधिकरणका राष्ट्रसेवक कर्मचारी तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सचिव समेत संलग्न रही दस्तखत गरी Update Price Schedule and Revised Schedule of Payment स्वीकृत/प्रमाणित गरी कार्यान्वयन समेत गरी गराएको देखिएको।(दुरुपयोग भएको बिगो रकमको गणना तालिका र फ्लोचार्ट यसप्रकार छ)

 

प्रकाशित: २०८२ चैत ८ गते आईतबार ०५:११
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना