काठमाडौँ: जेनजी आन्दोलनका क्रममा हेल्चेक्र्याइँ र लापरबाही गरी आन्दोलनकारीको हत्या गरेको कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि सरकारी वकिलको कार्यालयले माग गरेको छ।
जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान जरुरी पक्राउ पुर्जीको समर्थनको र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी दुईवटा निवेदन परेका हुन्। उक्त निवेदनमा जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुावाई भैरहेको छ।
अहिले ओली र लेखकका पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन्।
शनिबार बिहान पक्राउ परेका लेखकलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ भने ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको छ।


