काठमाडौँ: पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ। खड्कालाई केही समयअघि अदालतमा ल्याइएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। अब थुनछेक बहसपछि उनलाई थुनामा पठाउने वा बाहिर राख्ने भन्ने आदेश हुनेछ।
उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। गृहमन्त्री सुदन गुरुङले फेसबुकमा जरूरी पक्राउ पुर्जीको फोटो राख्दै जेनजी आन्दोलनका क्रममा खड्काको निवासबाट बरामद भएको रकमको अनुसन्धानका पक्राउ गरिएको बताए।
आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।


