२०८३ कार्तिक २३ गते आईतबार

व्यवसायी वेदबहादुर उद्योग वाणिज्य संघ बागमती प्रदेशका लागि अध्यक्ष उम्मेदवार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
Screenshot 2026-03-30 082929

काठमाडौं। आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका एक व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन्। चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ।
उनले बागमती प्रदेशभित्रका जिल्ला/नगर, वस्तुगत तथा एसोसिएसन तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन्। प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेन्डा छ। त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन्।

उनको उद्योग वाणिज्य महासंघको सङ्गठनात्मक यात्रा २०५८ सालमा साधारण सदस्यबाट सुरु भएको हो। २०६१ सालदेखि निरन्तर सक्रिय रहँदै उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य, त्यसपछि कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। हाल उनी बागमती भूगोलको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन््।

उद्योग वाणिज्य महासंघको हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै छन्। साथै, उनी ट्रक कन्टेनर व्यवसायी संघको कोषाध्यक्षको रूपमा समेत उनले भूमिका निर्वाह गरेका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनले कोरोनाकाको समयमा उद्योगी व्यवसायीको पीडामा उनले गरेको साथ र सहयोगले निक्कै प्रशंसा पाएका थिए।

भलिबल खेलाडीका रूपमा पहिचान बनाएका उनले जिल्लामा फुटबल खेलको विकासमा समेत योगदान पुर्याएका छन्।

प्रकाशित: २०८२ चैत १६ गते सोमबार ०८:३०
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना