काठमाडौँ: शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै परेका बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ। ओलीको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल र लेखकको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो।
एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।
उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो। आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकोमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ।
ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले आइतबार सर्वोच्चमा बन्दी रिट दायर गरेका थिए।


