२०८३ साउन १३ गते बुधबार

विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ, के हो उनीमाथिको आरोप?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १९
Dipak-Bhatta

काठमाडौँ: विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। उनलाई सीआईबीले काठमाडौँबाट पक्राउ गरिएको एआईजी मनोज केसीले बताए।

राजनीतिक संरक्षणमा विचौलियाका रूपमा राज जन्माएका उनको आर्थिक गतिविधि र व्यावसायिक संलग्नतामाथि उनीविरुद्ध अनुसन्धान भैरहेको छ।

यसअघि उनलाई विदेश जान रोक लगाउनेगरी पासपोर्टसमेत रोक्का गरेर कालोसूचीमा राखिएको थियो।

भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप लाग्दै आएको थियो। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कडाइका साथ अनुसन्धान अघि बढाइएपछि भट्टमाथि कारबाही प्रक्रिया अघि बढेको हो।

भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।

दीपक भट्टको पौने चार अर्बको शंकास्पद कारोबार: इन्फिनिटीदेखि रिइन्स्योरेन्ससम्म छानबिन

उपलब्ध विवरणअनुसार इन्फिनिटी होल्डिङ्सको चुक्ता पुँजी २०७७ असार मसान्तमा तीन करोड रुपैयाँ रहेकोमा एक वर्षमै बढेर ४८ करोड रुपैयाँ पुगेको देखिन्छ। तर उक्त वृद्धिको स्पष्ट स्रोत खुल्न नसक्दा शंका थप गहिरिएको हो।

त्यसैगरी, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलबाट ४५ करोड रुपैयाँ स्थानान्तरण भई पुनः सोही रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरिएको देखिएको छ। अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा ४५ करोड रुपैयाँ लगानी गरिएको भेटिएको छ। तर उक्त लगानीको स्रोत र पारदर्शितामाथि प्रश्न उठेको छ। साथै, भट्ट र लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टबीच पारिवारिक सम्बन्ध रहेको र प्रभाव प्रयोग भएको हुनसक्ने आशंका पनि राष्ट्र बैंकको पत्रमा उल्लेख छ।

यति मात्र होइन, भट्टले विभिन्न कम्पनी र सहायक संस्थामार्फत ठूलो रकम दुरुपयोग गरेको समेत खुलेको छ। अनुसन्धानअनुसार उनले करिब तीन अर्ब ८१ करोड रुपैयाँ विभिन्न संस्थाबाट निकालेर सेयर बजारमा लगानी गरेका थिए। यसमध्ये दुई अर्ब ७३ करोड रुपैयाँ हिमालयन रि–इन्स्योरेन्सबाट, २२ करोड हिमालयन सेक्युरिटिजबाट, ३३ करोड नेपाल लाइफ इन्स्योरेन्ससम्बद्ध संस्थाबाट, २५ करोड एचएलआई लार्ज क्याप फन्डबाट र १६ करोड नेपाल माइक्रो इन्स्योरेन्सबाट निकालिएको देखिएको छ।

उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत विभिन्न कम्पनीहरूको सेयर खरिदमा प्रयोग गरिएको थियो। यस क्रममा बीमा सम्बन्धी कानुन उल्घंन भएको हुनसक्ने आशंकामा नेपाल बीमा प्राधिकरणलाईसमेत अनुसन्धानका लागि संलग्न गराइएको छ।

यसअघि पनि भट्ट जगदम्बा स्टिलबाट रकम लिएर हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको विषयमा अनुसन्धानमा तानिएका थिए। हालसम्मको अनुसन्धानले उनको आर्थिक कारोबारमा गम्भीर अनियमितता र अपारदर्शिता देखाएको राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले देखाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक स्टेटमेन्ट, वित्तीय विवरण तथा कारोबारको प्रकृतिको विश्लेषणपछि थप अनुसन्धान आवश्यक ठहर गर्दै प्रक्रिया अगाडि बढाएको छ। यस प्रकरणले नेपालको वित्तीय प्रणालीमा पारदर्शिता र नियमनको अवस्थामाथि पुनः बहस सुरु गराएको छ।

दीपक भट्टको नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य राजनीतिक दलका उच्च नेतासँग राम्रो सम्बन्ध भएकाले हिमालयन रि–इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स खोल्न सफल भएका छन्। यस्तै उनले हिमालय स्टक एक्सचेन्जको लाइसेन्स हड्प्ने तयारीमा थिए। तर, अहिले रोकिएको छ।

प्रकाशित: २०८२ चैत १९ गते बिहिबार ०२:५०
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना