काठमाडौँ: पछिल्ला वर्षहरूमा हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै गएको छ। ठूला सहर र पर्यटकीय गन्तव्यमा अर्बौं रुपैयाँ लगानीमा तारेस्तरका होटल खुल्ने क्रम बढ्दो छ। यसैक्रममा बुद्धको जन्मस्थल लम्बिनीमा पनि पाँचतारे होटल थपिने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार होटलमा मात्र दुई खर्ब २२ अर्ब ८४ करोड रुपैयाँ लगानी भएको छ।
रुपन्देहीको सिद्धार्थ नगरमा इमराल्ड प्यालेस पाँचतारे होटल निर्माण सुरु गरेको छ। दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको इमराल्ड होटल आगामी सन् २०२९ को मध्यमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
होटलमा ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकको पुँजी हुने गरी लगानी संरचना बनाइएको छ। संस्थापकले पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन्। हालसम्म कूल लागतको ११ प्रतिशत वित्तीय प्रगति भएको इमराल्ड प्यालेसले जनाएको छ। निर्माणाधीन होटलमा १०९ कोठा हुने भएको छ।
ऋण हाल सम्झौताको प्रक्रियामा छ। बैंकले १९ करोड रुपैयाँ स्वीकृत गरिसकेको छ। होटल परियोजनाको निर्माणमा २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ।होटलमा दुई सम्मेलन केन्द्र, दुई बैंक्वेट, स्विमिङ पूल, स्पा, हेल्थ क्लब, क्यासिनोलगायत अन्य सुविधाहरू समावेश छन्।
सामान्यतया, तारे होटलहरूलाई यससँग सम्बन्धित निश्चित लागतहरू पुनः प्राप्त गर्न लामो समय चाहिन्छ। किनकि प्रिमियम होटल निर्माण गर्न तीनदेखि चार वर्ष लाग्छ।
जबकि, सञ्चालनको स्थिरीकरण अर्को दुईदेखि तीन वर्ष लाग्न सक्छ। यसबाहेक, प्रिमियम होटलहरूले ठूलो लगानीको आवश्यकता पर्दछ। मध्यम स्तरीय बजेट होटलहरूको तुलनामा लगानीकर्ताहरुले लामो समय कुर्नुपर्ने हुन्छ। एक पटक होटल सञ्चालनमा आएपछि कम्पनीको ग्राहकहरूलाई आकर्षित गर्ने, अधिभोग स्तर कायम राख्ने, आफ्नो ब्रान्ड स्थापना गर्न चुनौति हुन्छ।
निर्माणाधीन होटल लुम्बिनीको प्रवेशद्वार गौतम बुद्धको जन्मस्थल नजिक छ। प्रस्तावित होटल भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८०० मिटर उत्तरमा र लुम्बिनीबाट २२ किलोमिटर र सुनौली सीमाबाट ६ किलोमिटर दुरीमा छ। लुम्बिनी मुख्यतया धार्मिक र आध्यात्मिक गन्तव्य हो। त्यसैले यो होटलले धार्मिक तीर्थयात्रामा जाने समूह र व्यक्तिहरूसहित शान्ति र चिन्तन खोज्ने पर्यटकहरूलाई सेवा दिन सक्छ।
भारतीय पर्यटकहरूको ठूलो आगमन, विशेष गरी क्यासिनो खेल्न नेपालमा भारतीय पर्यटकको घुँइचो लाग्ने गरेको छ। यस्तै विवाहका लगन भएका महिनाहरूमा होटलहरूमा बढी अकुपेन्सी बढ्ने गरेको छ।
होटलका सञ्चालक योगेश घिमिरे हुन्।
उनीसँग विभिन्न व्यावसायिक क्षेत्रहरूमा दुई दशकभन्दा बढीको अनुभव छ। घिमिरे लुम्बिनी वल्र्ड स्कूलका अध्यक्ष पनि हुन्। बीवाइडी गाडी बिक्री गर्ने एनलाइटन मोटर्स र एभरेस्ट आयल सप्लायर्सका सञ्चालनक हुन्।
इमराल्ड प्यालेसको स्थापना २०२० मा स्थापना भएको हो।


