काठमाडौँ: सरकारले विश्व बैंक र एसियाली विकास बैंक(एडीबी)बाट प्राप्त हुने साढे २७ अर्ब ऋण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १८५ मिलियन डलर (नेपाली रु २७ अर्ब ५० करोड ९७ लाख रुपैयाँ) ऋण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनकाअनुसार ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’का लागि एडीबीबाट प्राप्त ४० मिलियन र विश्व बैंकबाट प्राप्त ५० मिलियन डर गरी ९० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरिएको हो।
यसैगरी ‘दिगो र समावेशी वित्त परियोजना’ का विश्व बैंकबाट प्राप्त हुने थप ९५ मिलियन डलर ऋण पनि स्वीकृत गर्ने निर्णय भएको जानकारी उनले दिए।


